चीन तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध बनाउन चाहन्छ : प्रवक्ता हुआ चुन्यिङ

३२ साउन, काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा तालिबानले नियन्त्रण कायम गरेसँगै सोमबार चीनले तालिबानसँग मैत्रीपूर्ण सम्बन्ध स्थापित गर्न इच्छुक रहेको बताएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले यस्तो बताएकी हुन् ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘अफगानी नागरिकले आफ्नो भविष्यको निर्णय आफैं गरुन्, चीन उनीहरुको यो अधिकारको सम्मान गर्छ । चीन अफगानिस्तानसँग मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्ध विकास गर्न इच्छुक छ ।’

यसअघि चीनले आफ्नो काबुलमा रहेको दूतावास बन्द नगर्ने बताएको थियो । चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्रै बस्न र स्थितिप्रति सतर्क रहन सुझाव दिएको थियो । साथै उसले विभिन्न निकायसँग आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको थियो ।

तालिबानका प्रतिनिधिले गत जुलाई महिनामा चीनको भ्रमण गरेका थिए । त्यसबेला उनीहरुको भेट चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको थियो ।

अफगानिस्तानको दूतावास बन्द नगर्ने चीन र रुसको संकेत

अहिले अफगानिस्तानबाट विदेशी नागरिकलाई उद्धारको काम पनि चलिरहेको छ । तर, रुस र चीनले भने अफगानिस्तानको दूतावास बन्द गर्ने कुनै योजना नरहेको संकेत गरेका छन् ।

चीनले आफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई घरभित्रै बस्न र अवस्थाप्रति सतर्क रहन सुझाएको छ । साथै उसले अफगानिस्तानका विभिन्न निकायलाई आफ्ना नागरिकको सुरक्षाको लागि आग्रह गरेको छ । रुसको विदेश मन्त्रालयले पनि आफ्ना नागरिकको उद्धार गर्ने कुनै योजना नरहेको बताएको छ ।

तालिबानका प्रतिनिधिले गत जुलाईको अन्तिममा चीन भ्रमण गरेका थिए । सो क्रममा उनीहरुले चिनियाँ विदेशमन्त्रीसँग भेटवार्ता गरेका थिए । उक्त भेटलाई तालिबानको राजनीतिक शक्तिको रुपमा अन्तर्राष्ट्रिय मान्यता पाउने प्रयासको रुपमा लिइएको थियो । चीनको विदेश मन्त्रालयले भने अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने आफ्नो रणनीति रहँदै आएको स्पष्ट पारेको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…