‘सहकारीले १८ प्रतिशतसम्म ब्याज लिएर उठीबास लगाएको सुनेको छु, सुधार्नु होला’

काठमाण्डाै। अर्थ मन्त्री जनार्दन शर्माले लगानीको ६० प्रतिशत हिस्सा उत्पादनको क्षेत्रमा लगाउन बचत तथा ऋण सहकारीहरूलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कुन) को ३४ औँ स्थापना दिवसमा उद्घाटन मन्तव्य दिनु हुँदै मन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

बचत तथा ऋण सहकारीहरूले घर जग्गा वा अन्य यस्तै अनुत्पादक क्षेत्रमा लगानी गरिरहेको आफूले सुनेको भन्दै उहाँले सोध्नुभयो, ‘तपाईँहरूको लगानी केमा केन्द्रित छ ? घर जग्गा वा गाडी खरिदमा हो भने त्यसको कुनै अर्थ छैन ।’ उपभोगमुखी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने योजना आफूले बनाएको भन्दै मन्त्री शर्माले त्यसमा सहयोग गर्न सहकारीहरूलाई आग्रह गर्नुभयो ।

‘तपाईँहरूका कुनै समस्या छन् र मैले निर्णय गरेर हुन्छ भने त्यसका लागि म तयार छु’, मन्त्री शर्माले भन्नुभयो, ‘तपाईँहरूले पनि उत्पादनको क्षेत्रमा लगानी बढाउनुस् । कम्तीमा लगानीको ६० प्रतिशत हिस्सा उत्पादनमा लगाउनुस् । गरिबी निवारणमा सहयोग गर्नुस् ।’

सहकारीहरूले गरिब नागरिकले लिएको ऋणमा १८ प्रतिशतसम्म ब्याज लिने गरेको सुन्नमा आएको भन्दै उहाँले त्यसलाई घटाउनुपर्ने बताउनुभयो । कतिपय सहकारीहरूले नागरिककाे पैसा ठगेर उठीबास लगाएका घटना देखिएको भन्दै मन्त्री शर्माले त्यसतर्फ ध्यान दिन नेफ्स्कुनलाई आग्रह गर्नुभयो । उहाँले सहकारीका संस्थापकहरूले नै नागरिककाे सम्पत्ति हिनामिना गर्ने क्रमलाई रोक्न नेफ्स्कुनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

अहिलेसम्म स्थिरिकरण कोष खडा नभएकोप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री शर्माले एक महिनाभित्र खडा गरेर आफूलाई जानकारी गराउन आग्रह गर्नुभयो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घमा चार हजार प्रारम्भिक संस्था तथा प्रदेश र जिल्ला बचत सङ्घमार्फत सात हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्था आबद्ध रहेका छन् । देशका ७६ जिल्लामा पहुँच रहेको सहकारीमा ३४ लाख व्यक्तिगत सदस्य आबद्ध रहेका नेफ्स्कुनले जनाएको छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…