कतार लगिए अमेरिकी दूतावास काबुलमा खटिएका नेपाली सुरक्षा गार्डहरु

काठमाडौँ । अमेरिकाले काबुलस्थित अमेरिकी दूतावासमा खटिएका नेपाली सुरक्षा गार्डहरुलाई उद्धार गरेको छ । उनीहरुलाई सोमबार बिहान उद्धार गरेर दोहा पुर्‍याएको हो । दूतावासमा ३ सय ८५ जना नेपाली सुरक्षा गार्ड कार्यरत थिए ।

यस्तै, काबुलस्थित युरोपियन युनियन डेलिगेट्सको कार्यालयमा खटिएका नेपाली सुरक्षागार्डहरुलाई पनि अमेरिकाले उद्धार गरेर दोहा लगेको छ । उक्त कार्यालयमा ७४ जना नेपाली कार्यरत थिए । यी ७४ जना कामदारमध्ये कति जनालाई दोहा पुर्‍याइएको भन्नेबारे खुलेको छैन ।

उनीहरुलाई दोहा पुर्‍याउनुअघि हमिद कारजाई विमानस्थलस्थित अमेरिकी सैन्य क्याम्पभित्र आइतबार राखिएको थियो । त्यहाँबाट आइतबार र सोमबार गरी दोहा पुर्‍याइएको हो । उनीहरुलाई अफगानस्तान पठाउने एफएसआई वर्ल्ड वाइड नेपालका सञ्चालक बुद्धिबहादुर गुरुङले सबै नेपालीहरुलाई अमेरिकाले सुरक्षित रुपमा दोहा पुर्‍याएको बताए । ‘हामीले पठाएका गार्डहरुमध्ये ३८५ जना काम गरिरहेका थिए,’ उनले भने,’उनीहरु सबैको सकुशल उद्धार भएको छ । ‘

उद्धार गरिएका नेपाली गार्डहरुलाई दोहास्थित अमेरिकी बेस क्याम्पमा राखिएको गुरुङले बताए । ‘नियमित उडान मार्फत उनीहरुलाई अमेरिकाले काठमाडौं पठाइदिने छ,’ गुरुङले भने ।

यसैगरी, अमेरिकी रक्षा मन्त्रालयले काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत कर्मचारीलाई उद्धार गर्ने कार्य सफलतापूर्वक सम्पन्‍न भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ,‘दूतावासका सबै कर्मचारीहरुको सफल उद्धार भइसकेको छ । उनीहरु हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको अमेरिकी सैन्य क्याम्पभित्र सुरक्षित छन् । ’

अफगानस्तानमा साउनस २८ सम्म १४ हजार ८ सय ९२ जना नेपालीले श्रम स्वीकृति लिएर गएका छन् । तीमध्ये ८ हजार जनाले पुनःश्रम स्वीकृति लिएर गएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसरी गएकामध्ये हाल कति जना कार्यरत छन् भन्ने यकिन विवरण सरकारसँग छैन । यसबाहेक पनि भारतीय बाटो हुँदै अफगानस्तान पुगेका छन् ।

दूतावासमा कार्यरत कर्मचारी तथा सुरक्षागार्डहरुलाई हेलिकप्टरमार्फत हमिद अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याइएको थियो ।

तालिबान समूहले काबुल सहरलाई पनि पूर्ण रुपमा नियन्त्रणमा लिएको छ । केही पश्चिम देशका दूतावासका कर्मचारीहरु अझै काबुल सहरभित्रै रहेका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…