अमेरिकाका आखिर केका लागि थियो यत्रो जनधनको क्षति ?

काठमाडौँ । सन् २००१ मा अमेरिकामा अलकायदा समूहले आतंकवादी हमला गरेपछि ओसामा बिन लादेनलाई खोजी गरी मार्न अमेरिकी फौज अफगानिस्तान छिरेको थियो । तर लादेनलाई स’फाया गर्न अमेरिकालाई १० वर्ष लाग्यो । सन् २०११ को मे २ मा सीमावर्ती पाकिस्तानी सहर अबोटाबादमा उनी मा’रिए । अझै त्यसको १० वर्षसम्म यु’द्ध जारी रह्यो, अहिले अचानक अमेरिकी सेना फिर्ता भएको छ ।

बरू यसले अमेरिकालाई ४६ वर्षअघिको भियतनाम घटना स्मरण गराएको छ । सन् ५० को दशकमा उत्तर र दक्षिण भियतनामबीच सुरू भएको यु’द्धमा प्रवेश गरेको अमेरिकाले दुई दशकको ल’डाइँमा आफ्ना करिब ५० हजार सैनिक गु’माएको थियो ।

यु’द्धका नाममा भएको भ्रष्टाचार र युवा सैनिकको सहादतका विषयमा मिडियामा समाचार आउन थालेपछि अमेरिकी जनता नै यु’द्धको विरोधमा उत्रिएका थिए । यु’द्ध जित्न नसकेपछि अमेरिका बीचमै फर्किएको थियो । त्यही बेला साइगोन (हाल: हो चि मिन्ह सिटी) स्थित अमेरिकी बेस क्याम्पबाट अमेरिकी सेनाको उद्धार गरिएको थियो ।

आइतबार पनि काबुलबाट अमेरिकी सेनालाई हेलिकप्टरले त्यसैगरी उद्धार गरेर लगेको छ । त्यसैले सीएएनलगायत अमेरिकी मिडियाले भनेका छन्, साइगोन फेरि काबुलमा दोहोरियो, अर्को २० वर्षमा भएको सैनिकको सहादत र आर्थिक क्षति खेर गयो ।

ब्राउन युनिभर्सिटीअन्तर्गतको वाट्सन इन्स्टिच्युटले निकालेको ‘कस्ट अफ वार प्रोजेक्ट’ को तथ्यांक अनुसार अमेरिकाले २० वर्षअघि सुरू गरेको यु’द्धमा २ लाख ४१ हजारले जीवन गुमाए, त्यसमा ७८ हजार ३ सय १४ अफगान सैनिक, ८४ हजार १ सय ९१ तालिवान ल’डाकु, ७१ हजार ३ सय ४४ सर्वसाधारण र २ हजार ४ सय ४२ अमेरिकी छन् ।

रिपोर्टअनुसार अमेरिका र नाटोले २.२६ ट्रिलियन अमेरिकी डलरभन्दा बढी रकम खर्च गरेका छन् । अमेरिका एक्लैले मात्र १ सय ४० बिलियन अमेरिकी डलर खर्च गरेको छ । त्यो भनेको नेपालको करिब १० वर्षको बजेट बराबर हो । तर, यति ठूलो जनधनको क्षतिपछि उपलब्धि के भयो ? तालिवान फेरि काबुलको सत्तामा पुनःस्थापित भएको छ ।

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…