नेपाली नागरिक लिन निगमको चार्टर विमान अफगास्तान जाँदै

काठमाडौँ । विद्रोही लडाकु तालिबान अफगास्तानको राजधानी काबुल पसिरहेको सामाचारले विश्वको ध्यान खिचिरहेका बेला नेपाल वायुसेवा निगमको चार्टर विमान भदौ १० गते बिहान त्यसतर्फ जाने पक्कापक्की भएको छ ।

निगमका एक निर्देशकका अनुसार त्यहाँका विभिन्न कम्पनीका काम सकिएर घर फर्किन खोजिरहेका करिब ७० नेपालीलाई अफगानिस्तानबाट काठमाडौं ल्याउन र लकडाउनअघि बिदामा नेपाल आएर नियमित उडान नभएका कारण जागिरमा फर्किन नसकिरहेका ७० जना जतिलाई काठमाडौंबाट काबुल पुर्‍याउन निगमको विमान त्यहाँ जान लागेको हो ।

यो चार्टर उडान हो । निगमले यो चार्टर उडानबारे आन्तरिक तयारी लगभग सकिसकेको जनाएको छ । यो चार्टर गर्ने एजेन्ट एयर चार्टर सर्भिस प्रालि हो ।

‘यो चार्टर उडान दुबईमा रहेको एउटा कम्पनीले गर्न लागेको हो,’ निगमका निर्देशकले भने, ‘आज (उसले) निगमलाई चार्टरबापतको भाडा पनि पठाएको छ ।’ उनका अनुसार उक्त कम्पनीले नेपालबाट जाने र नेपाल फर्किने कम्तीमा ७०/७० जना नेपाली हुने भनेको छ ।

यो चार्टर उडान भएकाले निगमले टिकट बिक्री गरेका छैन । ‘प्रति घन्टा ७ हजार ७ सय १० अमेरिकी डलरका दरले चार्टर उडान हुने छ,’ उनले भने ।

यो चार्टर उडानमा निगमले आफूसँग भएको न्यरोबडी एयरबस ३२० पठाउँदै छ । काठमाडौं–काबुल उडान एकतर्फी तीन घन्टा हाराहारीको हुन्छ । नेपालले भारत र पाकिस्तानको हवाई रुट प्रयोग गर्नुपर्ने भएकाले यी दुई मुलुकसँग ओभरफ्लाई अनुमति लिनुपर्छ । ‘अब काम बाँकी ओभरफ्लाईको मात्रै छ । चार्टर हुनुभन्दा १/२ दिन अघि लिदा भइहाल्छ,’ ती निर्देशकले भने, ‘ केही परराष्ट्र मन्त्रालयसँग प्रक्रियागत काम बाँकी छ ।’

द्वन्द्वसँग जोडिएको मुलुकमा हुन लागेको चार्टर उडानमा निगमले सामान्य अवस्थामा गरेको बिमाले मात्रै नहुने भएकाले जहाज र त्यसमा ओहोरदोहोर गर्ने यात्रुको अतिरिक्त बिमा पनि गर्नुपर्छ । निगमको जहाज अफगानस्थान जान लागेको यो दोस्रो पटक हो ।

५ वर्षअघि काबुलमा भएको आत्मघाती बम बिस्फोटमा १२ नेपाली सुरक्षा गार्डको निधन भएको थियो । उक्त घटनामा मारिएका १२ नेपालीको शव लिन निगमको न्यारोबडी ०७३ असारमा अफगानस्थान गएको थियो ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…