अन्धकार तिर अफगानस्तान : काबुलका भित्ताबाट महिला मोडलका तस्बिर हटाइँदै

अफगानिस्तानको टोलो न्युजका प्रमुख लोतफुल्लाह नाजाफिजादाले एउटा तस्बिर आइतबार आफ्नो ट्वीटरमा शेयर गरेका छन्, जहाँ एक पुरुषले भित्तामा कोरिएको महिला मोडलको तस्बिरलाई रंग लगाएर हटाउँदैछन् ।

तालिवानी लडाकुहरु अहिले काबुलको ढोकामा आएर रोकिएका छन् । अफगानिस्तानमा उनीहरुले कब्जा गर्न बाँकी शहर यहीमात्रै हो । शान्तिवार्ता चलिरहेकाले काबुल कब्जा नगर्ने घोषणा तालिवानले गरिसकेको छ, उसले आफ्ना ल’डाकुहरुलाई शहरभित्र नघुस्न पनि भनेको छ । तर, यसका बाबजुद पनि लडाकुहरु शहरभित्र घुसिसकेको समाचारहरु सार्वजनिक भइरहेका छन् ।

काबुलमा तालिवान फर्किएसँगै युवतीहरू सहयोगको याचना गरिरहेका छन् । २००२ अघि काबुलबाट तालिवानले पुरै अफगानिस्तानको सत्ता हाँकेको थियो । यतिबेला अफगानिस्तानमा सरिया कानून लागु थियो । जसअनुसार १२ वर्षभन्दा बढी उमेरका छात्राले स्कुल जान पाउँदैनथिए, महिलाहरुले बुर्कामा मुख छोप्नुपथ्र्यों ।

मिडिया रिपोर्टअनुसार अहिले तालिवानले कब्जामा लिएर शहरहरुमा पनि पुरुषलाई नलिई महिलाले एक्लै घरबाहिर निस्कन पाउँदैनन् । त्यस्तै, केही महिला कामदारहरुलाई अब उनीहरुको जागिर पुरुषले गर्नेछन् भनिएको छ । उनीहरुलाई बुर्का लगाउन पनि निर्देशन दिइएको छ ।

मानिसहरुको स्वतन्त्रता खोसिएको भन्दै कतपयले तालिवान ढुंगे युगतिरै फर्किएको बताउन थालेका छन्। तालिवानको नियम अनुसार मनोरंजनका माध्यमहरु टिभी, मोबाइल र गीत समेत सुन्न पाइन्दै।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…