अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले छाडे देश

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् ।

ग्लोबल टाइम्सका अनुसार उनीहरू ताजकिस्तानतिर लागेको त्यहाँका मिडियाहरूले लेखेका छन् । तालिबान अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेको छ । आइतवार चारैतिरबाट काबुल प्रवेश गरेको हो ।

नेपाली बिचल्लीमा

अफगानिस्थानमा अवैधानिक रुपमा बसेका नेपालीलाई त्यहाँ भड्किएको हिंसाले नराम्ररी प्रभावित पारेको छ। उनीहरू सरकारले गर्ने उद्धारको आश मात्र बाँकी रहेको बताउँछन्।

अफगानिस्तानको काबुलबाट सम्पर्कका आएका एक नेपालीले परिचय नखुलाउने शर्तमा हिमालखबरसँग कुराकानी गरेर बिचल्लीमा परेकाे बताए। बाँकी उनकै शब्दमा:

सन् २०२० को जनवरीमा नेपाली एजेन्ट मार्फत काम गर्न हामी १८ जना अफगानिस्तानको काबुल आइपुगेका थियौं। १५ जनाले सुरक्षा गार्डका रुपमा काम पाए पनि म सहित तीन जनाले भने तोकिएको काम पाएनौं। करीब रु. साढे आठ लाख बुझाएर आए पनि हाम्रो आम्दानी भने छैन।

केही महीनाअघि हामीलाई कोभिड–१९ पनि भयो। अहिले अवैध रुपमा एउटा कोठामा लुकेर बसेका छौं। धन्न खानबस्न भने एजेन्टको मान्छेले उपलब्ध गराइदिएको छ। हामीजस्तै अवैध रहेकाको संख्या कति छ, यकिन छैन। करीब डेढ सय जतिसँग हाम्रो सम्पर्क छ।

अहिले काबुलको स्थिति निकै डरलाग्दो छ। एक हिसाबले हाहाकारको स्थिति छ। छिनछिनमा बन्दुक पड्किएको आवाज सुनिन्छ।

हामीले थाहा पाए अनुसार, तालिवानीहरू विभिन्न नाकाबाट काबुल प्रवेश गरिरहेका छन्। तालिवानी देख्ने बित्तिकै सरकारी सुरक्षाकर्मीले आत्मसमर्पण गरिरहेको सुनिन्छ। तालिवानी प्रवेश गरेपछि काबुल छोड्न चाहनेको उस्तै भीड छ।

बाहिर निस्केर खुलमखुल्ला हिंड्ने स्थिति छैन। सुरक्षा एजेन्सीमा काम गर्ने वैध हैसियतका नेपालीलाई धेरै समस्या छैन। उनीहरूलाई सम्बन्धित कम्पनीले नै सुरक्षित स्थानमा फर्काउने आश्वासन दिएको छ।

कयौंलाई आज रातिदेखि लगिंदैछ । हामीजस्तो अवैध रुपमा बसेकाको के हुने हो टुंगो छैन। हामी बिचल्लीमा छौं। एजेन्टले पनि फिर्ता लैजान नसकिने बताइसकेका छन्।

नेपाल सरकारले हामीलाई सुरक्षित रुपमा नेपाल फर्काउन पहल गरिरहेको सुनेका छौं। कसरी यहाँबाट निकालेर लैजान्छ कुरिरहेका छौं। अब हाम्रो एक मात्र आश सरकारसँग छ।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…