अफगानी महिलाको अधिकार सम्मान गर्ने तालिबानको वचन

काठमाण्डाै । अफगानिस्तानको तालिबान वि’द्रोही समूहले महिला अधिकारको सम्मान गर्ने वचन दिएको छ । आफ्ना ल’डा’कुहरूले महिला र प्रेस अधिकारको सम्मान गर्ने तालिबानका प्रवक्ताले वचन दिनुभएको हो । अफगानिस्तानमा सत्ता हस्तान्तरणको तयारी भइरहँदा तालिबान प्रवक्ता सुहाइल साहिनले बताउनुभएको हो ।

अफगानिस्तानमा तालिबान तीव्र गतिमा अघि बढ्दै गर्दा नि’यन्त्रण बढ्दै गर्दा त्यहाँका महिलाहरूका लागि के अर्थ हुन सक्छ भन्नेबारेमा चिन्ता बढेको छ । तालिबानले मात्र १० दिनमा पूरै अफगानिस्तान आफ्नो नि’यन्त्र’णमा लिएको हो ।

यसअघि सन् १९९६ र २००२ को बीचमा तालिबानले अफगानिस्तान नि’यन्त्र’णमा लिँदा यस समूहले शरिया कानुनको अभ्यास गरेको थियो, जसमा व्यभिचार गर्नेलाई पत्थरले हान्ने, चोरी गर्नेको अङ्ग विच्छेदन गर्ने र स्कुले बालिकालाई १२ वर्ष पुगेपछि विद्यालय जान नदिने जस्ता विषय रहेका थिए ।

आइतवार तालिबानको बयानको उद्देश्य विश्वको चिन्तालाई शान्त गर्नेतर्फ लक्षित हुन्छ । तालिबानका प्रवक्ताले महिलाहरू घरबाटै एक्लै बाहिर निस्कन सक्ने र शिक्षा र कामलाई निरन्तरता दिन सक्ने बताउनुभएको छ ।

तर तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानका अन्य क्षेत्रबाट आएका रिपोर्ट भने योभन्दा फरक छ । कन्धारमा एक बैंकमा काम गर्ने महिलालाई जागिर छोड्न भनिएको र उनको ठाउँमा उनकै पुरुष नातेदारलाई जागिर दिइने घटना बाहिर आएको बीबीसीमा उल्लेख छ । अन्य क्षेत्रमा पनि महिलाहरू बाहिर एक्लै जान नदिइएको र बुर्खा लगाउन बाध्य बनाइएको खबर सार्वजनिक भएका छन् ।

प्रवक्ताले भन्नुभएको छ, ‘मिडियालाई स्वतन्त्र रूपमा आलोचना गर्ने अनुमति दिइनेछ तर चरित्र ह’त्या गर्न छुट हुने छैन ।’

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…