अमेरिकाले अफगानिस्तानमा कति अर्ब डलर खर्च गरेर भाग्यो ?

सन् २००१ मा अफगानिस्तानमा आक्रमण गरेपछि अमेरिकाले तालिबान विद्रोहीहरू विरुद्ध लड्नका लागि अर्बौं डलर खर्च गरेको छ । उक्त देशमा अमेरिकी सैनिकहरूको संख्या बढ्दै जाँदा खर्च झन् झन् बढेको हो ।

अन्य देशले पनि आफ्ना सैनिक त्यहाँ तैनाथ गरेका थिए तर अमेरिकी सैनिकहरू सर्वाधिक संख्यामा भएकाले त्यसको खर्च पनि उसले धेरै बेहोरेको थियो ।

सन् २०१० देखि २०१२ सम्म अफगानिस्तानमा अमेरिकाका एक लाख सैनिकहरू थिए । तिनको खर्च वर्षको १ खर्ब डलर पुग्ने गरेको सरकारी तथ्यांक पाइन्छ ।

अफगानिस्तान र पाकिस्तानमा युद्धको खर्चको एक अध्ययनमा अमेरिकाले सन् २००१ देखि २०२० सम्ममा ९७८ अर्ब डलर खर्च गरेको पायो ।अमेरिकापछि बेलायत र जर्मनीका सैनिकहरू अत्यधिक संख्यामा थिए । बेलायतले ३० अर्ब र जर्मनीले १९ अर्ब डलर खर्च गरेका थिए ।

देश फर्किन चाहने विदेशीलाई जान दिन्छौं- तालिबान

अफगानिस्तानको विद्रोही संगठन तालिबानले आफ्नो मुलुक फर्किन चाहने विदेशीलाई फर्किन दिने बताएको छ ।

काबुलमा तालिबान पसेको समाचारपछि पहिलो सार्वजनिक विज्ञप्तिमार्फत तालिबानले यस्तो बताएको हो । उसले अफगानिस्तानमा नै बस्न चाहने विदेशी नागरिकले तालिबानको प्रशासनमा दर्ता गराउन पनि भनेको छ ।

तालिबानले देश फर्किन चाहने विदेशीलाई जान दिने 

अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिक फिर्ता ल्याउन थप पाँच हजार सैनिक काबुल पठाएको छ । त्यस्तै अन्य मुलुकले पनि आफ्ना नागरिकलाई स्वदेश फिर्ता ल्याउन पहल गरिरहेका छन् ।

तालिबानले जितको खुसीयालीमा आफ्ना लडाकुहरुलाई गोलीबारी गर्न नदिने बताएको छ । साथै सरकारी सेनालाई पनि आफ्नो घर फर्किन दिने तालिबानको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै विमानस्थल र अस्पताल सञ्चालन गर्न दिने र अत्यावश्यक सेवामा कुनै रोक नलगाइने तालिबानको भनाइ छ ।

पछिल्लो १० दिनमा तालिबानले काबुलबाहेकका अफगानिस्तानका सबै प्रमुख सहरमा कब्जा जमाइसकेको छ र अहिले काबुलमा तालिबानका लडाकुहरु प्रवेश गरेका छन् ।

तालिबानले काबुलमा कुनै आक्रमण नहुने र शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरणको लागि वार्ता भइरहेको बताएको छ । यसैबीच अफगानिस्तानका गृहमन्त्रीले पनि शान्तिपूर्णरुपमा संक्रमणकालीन सरकारलाई सत्ता हस्तान्तरण हुने भन्दै मानिसहरुलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…