तोकिएको मितिमा लाइसेन्स ट्रायल नहुने, समय थप्ने तयारीमा विभाग

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिएका सात लाख युवाहरु यतिबेला परीक्षाको पर्खाइमा छन्।

कोरोनाका कारण गत वैशाखदेखि लिखित तथा प्रयोगात्मक परीक्षा रोकिएकाले मिति पाइसकेकाहरुले पनि परीक्षा दिन पाएका छैनन्। उनीहरुको मिति रिसेड्युल हुने यातायात व्यवस्था विभागले जनाएको छ।

‘पहिला मिति पाइसकेकाहरुको रिसेड्युल हुन्छ। आवेदन दिँदा जुन नम्बर राख्नु भएको छ त्यो नम्बरमा मेसेज जान्छ,’ विभागका सूचना अधिकारी लोकनाथ भुसालले सेतोपाटीसँग भने।

लाइसेन्स परीक्षा खुल्ला हुने टुंगो लागेपछि सेवाग्राहीहरुलाई खबर गरिने उनले बताए। कोरोना महामारीको अवस्था सहज भएमा भदौ पहिलो साताबाट लाइसेन्स परीक्षा खुलाउने तयारी विभागको थियो। तर कोरोना महामारी बढ्दै गएकाले समय अझै लम्बिन सक्ने विभागले बताएको छ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…