मातृका यादवले संसदमै केपी ओलीको मानसिक अवस्था ठीक छैन भनेपछि

सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद मातृका प्रसाद यादवले नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको मानसिक र भौतिक अवस्था ठीक नभएको गम्भीर आरोप लगाएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले ओलीमाथि गम्भीर आरोप लगाएका हुन्।

ओलीसहितका एमाले सांसदहरुले दोस्रो पटक पुन:स्थापित संसद र शेरबहादुर देउवा नेतृत्वको सरकारलाई परमादेशबाट आएको बताइरहेका बेला यादवले आक्रोश पोखेका हुन्।

‘जे पनि बोल्न पाइन्छ यहाँ? मैले एउटै पार्टी (नेकपा) हुँदा भनेको थिएँ’, उनले नेकपा हुँदै प्रचण्डलाई दिएको सुझावबारे भने, ‘उहाँ (केपी शर्मा ओली) चाहिँ मानसिक र भौतिक रुपमा ठीक हुनुहुन्न, कुनै बेला दुर्घटना हुन सक्छ।’

यादवले ओलीको अवस्था मानसिक र भौतिक रुपमा ठीक नभएकाले नेकपा र सरकारको बोझ बोकाउन ठीक नहुने कुरा आफूले उतिबेलै बताएको स्मरण गरे।

‘ओलीको दुवै अवस्था ठीक छैन, यो बोझ किन बोकाउने? जहाज उडाउँदा मेडिकल चेक हुन्छ’, उनले भने, ‘यस्तो मान्छेलाई देशकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन? पार्टीकै जहाज उडाउन दिँदा किन दुर्घटना हुँदैन?’

उनले ओलीकै कारण लगभग दुईतिहाइको कम्युनिष्ट सरकार ढलेर गठबन्धनको सरकार बनेको बताए। ‘यो गठबन्धन अप्राकृतिक अनुचित अपवित्र रे! आन्दोलनमा पनि गठबन्धनबाट भएको हो’, उनले भने, ‘जसले संसद विघटन गरे उही आएर बोल्छन् सानले फेरि। सुगा रटान जस्तो परमादेश परमादेश परमादेश। जसको दिमाग बिग्रिएको छ, उसले भन्छ परमादेश, सबैको त बिग्रिएको छैन नि!’

एमालेको आपत्ति

ओलीबारे यादवले आपत्तिजनक टिप्पणी गरेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईले नियमापत्ति गरे। उनले कसैको स्वास्थ्यबारे संसद जस्तो गरिमामय ठाउँमा यस्ता आपत्तिजनक टिप्पणी हुनु शोभनीय नभएको बताए।

‘संसदमा बोल्नेले कसैलाई इंगित गरेर मानसिक रुपमा खराब भनेको कसरी? त्यो भन्ने अधिकार उहाँमा कहाँ छ?’, उनले भने, ‘के तथ्यका आधारमा उहाँले भन्नु भएको छ? प्रत्येक सदस्यले एकअर्काकोबारे यसरी बोल्न मिल्छ कि मिल्दैन?’

उनले यादवको अभिव्यक्ति अमर्यादित र आपत्तिजनक रहेको पनि बताए। भट्टराईले यादवको अभिव्यक्तिको उक्त अंश संसदको रेकर्डबाट हटाउन पनि माग गरे।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…