ओलीको अत्याचार सहने स्थिति छैन : माधव नेपाल

३० साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको अत्याचार सहने स्थिति नभएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित आफूनिकट वाग्मती प्रदेश सम्पर्क संगठन कमिटीको कार्यक्रममा उनले अध्यक्ष ओलीले एकलौटी रुपमा गतिविधि गरिरहेको भन्दै आफूहरु लुरुक्क परेर जाने स्थिति नभएको बताएका हुन् ।

‘उहाँको व्यवहारमा कुनै सुधार भएको भए कुनै लक्षण देख्नुभएको छ ? लोकतान्त्रिक बन्न खोज्नुभएको छ ? उहाँ अत्यन्त विनम्र हुन खोज्नुभएको छ । उहाँले भनेको कुरा छ उहाँले माधव नेपालजस्तालाई यो पार्टीमा ठाउँ छैन । उहाँले भनेको एक एक शब्द हेर्ने हो भने त्यो शब्दले उहाँको स्तर देखाउँछ ।

र कुन तहसम्म मान्छेलाई गिज्याउनुहुन्छ, लान्छना लगाउन सक्नुहुन्छ बद्ख्वाँइ गर्न सक्नुहुन्छ त्यो बाट उहाँको स्तर देखिन्छ’ उनले भने, ‘ओलीको अत्याचार सहने स्थिति छैन । ’

नेता नेपालले ओली पक्षका केही नेताले पार्टी एकताका नाममा सदस्यता नवीकरण र विधान महाधिवेशन रोक्न सकिने भने पनि महासचिवले हामी अघि बढिसक्यौं, आउने आउँछन्, नआउने आउँदैनन् भनेको पनि बताए । ‘के हामी लुरुक्क परेर जाने हो ? समर्पण गर्न जाने हो ? होइन’ उनले भने । अध्यक्ष ओलीले हालसम्म गरेका कुनै निर्णयबाट पनि पछि नहटेको र कुनै निर्णय पनि फिर्ता नभएको नेता नेपालले बताए ।

 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…