पारसलाई प्रधानमन्त्रीको प्रश्न : क्रिकेट किन छाड्नुभयो ?

३० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच शनिबार भेटवार्ता भएको छ ।

खड्काले १९ साउनमा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा सम्वाद गर्नुका साथै भेटको प्रस्ताव गरेका थिए । त्यसअनुसार नै शनिबार भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिए ।

बालुवाटारमा भएको भेटमा देउवाले फोन सम्वादकै प्रश्न दोहोर्‍याए, ‘क्रिकेट किन छाड्नुभयो ? खड्काले भने यो व्यक्तिगत निर्णय भएको बताए । आफूले राष्ट्रिय टिमबाट देशका लागि गर्नसक्ने जत्ति गरिसकेकाले सन्यास लिने निर्णयमा पुगेको उनले बताए ।

प्रधानमन्त्री देउवो अर्को प्रश्न सोधे, ‘अब के गर्नु हुन्छ ? पारसले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएपनि क्रिकेटबाट टाढा नहुने बताएका छन् । ‘क्रिकेट व्यवस्थापनमा रुची छ, तर एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन’ पारस भन्छन्, ‘हामी सबै मिलेर अझ राम्रो बनाउन जरुरी छ ।’

प्रधानमन्त्री देउवाले पनि त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।

पूर्व कप्तान पारससँग भएको भेटवार्ताको तस्वीर ट्वीट गर्दै प्रधानमन्त्री देउवाले नेपाली क्रिकेटले पाएको सफलताका लागि पारसलाई धन्यवाद दिएका छन् । उनले अघि लेखेका छन्, ‘नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङ्समा पनि सफलता मिलोस् । सरकारको साथ र सहगोग सधैं रहनेछ ।’

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…