यो हो विश्वकै बुढो सुँगुर, जसले लेखायो गिनिज बुकमा नाम

गिनिज बुकमा नाम लेखाउने मौका एउटा सुँगुरले पनि प्राप्त गरेको छ । सबैभन्दा लामो उमेरसम्म बाँचेर एउटा सुँगुरले गिनिज बुकमा नाम लेखाएको हो ।

संसारमा मानव इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँच्ने व्यक्तिको नाम जिरोमोन किमुरा हो । जापानका किमुरा १२२ वर्ष अनि १६४ दिनसम्म जीवित रहे । त्यसो भए सबैभन्दा धेरै आयु बाँच्ने सुँगुरको उमेर कति भयो होला त ? हालै गिनिज बुकमा नाम लेखाएको उक्त सुँगुर २३ वर्षको भएको छ ।

अमेरिकाको इलिनोइसमा बस्ने एक दम्पतीले घरमा पालेको उक्त सुँगुरले अहिलेसम्मकै सबैभन्दा पाको उमेरको सुँगुरको रुपमा गिनिज बुकमा नाम लेखाएको हो ।

मुन्डेलिन क्षेत्रमा बस्ने प्याट्रिक कनिंघम र स्टेन कफम्यानका अनुसार उनीहरुले बेबी जेन नामक उक्त सुँगुरलाई जम्मा आठ हप्ताको छँदा भर्जिनियाबाट पाल्नका लागि ल्याएका थिए । अहिले यो सुँगुरको उमेर २३ वर्ष २ महिना नाघिसकेको छ ।

ती दम्पतीले उक्त सुँगुरलाई ओछ्यानमा सँगै सुताउँछन् । जेनलाई ओछ्यान निकै प्यारो लाग्ने र ऊ लमतन्न परेर ओछ्यानमा पल्टिएपछि आफूहरुका लागि निकै कम मात्रै ठाउँ बच्ने कनिंघम बताउँछन् ।

घरमा बेबी जेनसँगै लुसी नामको अर्को सुँगुर पनि उनीहरुले पालेका छन् । ती दुई सुँगुर निकै मिलीजुली घरमा बस्ने गरेका छन् । बेबी जेनलाई खेल्ने तथा नुहाउने समयमा मात्र घर बाहिर लैजाने गरिएको छ । अन्य समय बेबी जेन परिवारसँगै घरभित्रै बस्ने गरेको छ । एजेन्सीको सहयोगमा

 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…