टिचिङमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ । अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।

‘ठूलो अस्पतालमा अस्पतालको बेड, तन्ना, गाउन र मेडिकल उपकरण राख्नको लागि ठूलो स्टोर हुन्छ, स्टोरमा मुसा तथा साङ्लाहरुले डेरा जमाउँछन्’ उनले भने, ‘त्यसको नियन्त्रण गरिएन् भने अस्पतालको सेवा सुविधामा असर पर्न जान्छ ।’

अस्पतालका करोडौ पर्ने उपकरण भित्र छिरेर मुसाले तार काट्ने, साङ्लाले फुल पार्ने भएकाले अस्पताल प्रशासन संवेदनशील भएको अधिकारीको भनाई छ । उनका अनुसार पहिलेदेखि नै मुसा लगायत अन्य किरा नियन्त्रणको कामले गर्दा संवेदनशील मेसिनहरुमा छिट्टै खराबी आएको छैन् ।

अस्पताल कर्मचारीले यो काम गर्न नकस्ने भएकाले पहिलेदेखि नै यो काम टेण्डर मार्फत दिने उनी बताउँछन् । ‘हामी नियमित र पुरानो कार्यक्रम अन्तर्गत टेण्डर आवहान गरेका हौ’ उनी भन्छन् ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…