आफ्नो घरमा बस्न आउन मेस्सीलाई रामोशको अफर

सर्जियो रामोशले लियोनेल मेस्सीलाई परिवारसहित आफ्नो घरमा बस्न आउन अफर गरेका छन् । होटलमा बस्दा वाक्क भएको भए मेस्सीलाई आफ्नो घरमा आउन रामोशले अफर गरेका हुन् ।

ला लिगामा लामो समय चिर प्रतिद्वन्द्वी रहेका रियल म्याड्रिड र बार्सिलोनाका कप्तानद्वय अहिले पेरिस सेन्ट जर्मेनमा समकक्षी बनेका छन् । एल पाइसका अनुसार रामोशले आफ्नो समकक्षीलाई आफूसँगै बस्न अफर गरेका हुन् ।

स्थायी घर नभेटेसम्म मेस्सी ले रोयाल मोनेकाउ होटलमा बसिरहेका छन् । रामोश पनि सुरुमा त्यही होटलमा बसेका थिए । अहिले भने उनले एंखेल डि मारिया र मार्किन्होस बस्ने निउली–सर–सिइन क्षेत्रमा घर लिएर बसेका छन् ।

रामोशले मेस्सीलाई आफ्नो घरमा बस्न अफर गर्नुलाई दुई खेलाडीबीचको सम्बन्धमा नयाँ अध्यायको रूपमा हेरिएको छ । दुई खेलाडीलाई सँगै मैदानमा हेर्न भने फुटबल फ्यानहरूले केही समय पर्खनुपर्छ । तिघ्रामा चोटका कारण रामोश दुई महिना मैदानबाहिर रहेका छन् भने कोपा अमेरिका प्रतियोगितादेखि प्रशिक्षणमा नरहेका मेस्सी तत्कालै खेल्ने सम्भावना कम रहेको बताइएको छ ।

 

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…