आन्तरिक राजस्व दोब्बर पार्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले आन्तरिक राजस्वको दर दोब्बर बनाउन निर्देशन दिएको छ। अर्थमन्त्री जनार्दन शर्माले हालको आन्तरिक राजस्व दरबाट मुलुकको विकास सम्भव नभएकाले दोब्बर बनाउन आन्तरिक राजस्व विभागलाई निर्देशन दिएका हुन्।

आन्तरिक राजस्व विभागमा ब्रिफिङ लिने क्रममा मन्त्री शर्माले आन्तरिक राजस्व दोब्बर बनाउने गरी नयाँ कार्ययोजना प्रस्ताव गर्न निर्देशन दिएका हुन्। करदातालाई कानुन लगाएर कर तिराउनुभन्दा करदाता आफैंले कर तिरुँ तिरुँ लाग्ने संस्कृतिको विकास गर्ने खालको योजना बनाउन निर्देशन दिए।

अर्थसचिव मधुकुमार मरासिनीले राजस्व संकलनको निर्धारित लक्ष्य हेरफेर हुने सम्भावना रहेको बताए। २०५४ सालदेखि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएदेखि जीडीपीको ९ प्रतिशतको हाराहारीमा रहेको आन्तरिक राजस्व २२ प्रतिशतमा पुगेको तथ्याङ्क प्रस्तुत गर्दै मरासिनीले यसलाई व्यवस्थित गर्न बिलिङ सिष्टममा एकीकृत गर्न आग्रह गरे।

आन्तरिक राजस्व विभागका महानिर्देशक झक्कुप्रसाद आचार्यले आर्थिक वर्ष २०७७/७८ को कुल राजस्वमा विभागले ४६ प्रतिशत योगदान गरेको जानकारी दिए। गत वर्ष कुल राजस्वमध्ये भन्सार विभागबाट ४५ प्रतिशत, गैरकर राजस्व ७ प्रतिशत र अन्यबाट २ प्रतिशत राजश्व संकलन भएको थियो। आर्थिक वर्ष २०७७/७८ को लागि आन्तरिक राजस्व विभागलाई ४ सय ५० अर्बको लक्ष्य तोकिएकोमा ४ सय २९ अर्ब संकलन भएको छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…