गोरखा भर्ती बन्द गर्न माओवादी सांसदको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुरेशकुमार राईले गोरखा भर्ती बन्द गर्ने गरी पहल गर्न माग गरेका छन् । ‘हामीले यो गोरखा भर्ती केन्द्र लामो समयदेखि बन्द हुनुपर्छ भन्यौं । यदि असमान सन्धिहरु समयसापेक्ष संशोधन हुँदैन भनेर गोरखा भर्ती केन्द्र बन्द गर्नको निम्ति नेपाल सरकारले पहल गरोस्’ उनले भने ।

लगभग २०७ वर्षअघि गोरखा भर्तीसंग सम्बन्धित भएको असमान सन्धि समयसापेक्ष संशोधन नहुँदा गोरखा भर्ती केन्द्र कायम राख्न आवश्यक नरहेको उनको भनाइ छ ।

गोर्खा भर्तीमा भारतले नेपाली नागरिकलाई कम प्राथमिकता

नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ ।

हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे ।

नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म औपचारिक कुराकानी भएको छैन ।

कुमाउ र गढवाली युवालाई प्रवेश गर्न दिने नयाँ नीतिले अहिले नै धेरै प्रभाव नपर्ने बताइएको छ । अहिले केही सीमित संख्यामा मात्र गढवाल र कुमाउका युवाहरुलाई भर्ना गरिने छ ।

भारतले केही दशकयता नेपाली युवाहरुको संख्यालाई भने कमी गर्दै आइरहेको छ । आसाम राइफलमा नेपाली युवा भर्ना गर्ने प्रक्रियालाई भारतले सन् २००० देखि नै रोकेको हो । सन् १९७० को दशकसम्म भारतले गोर्खा राइफल्समा सबै नेपाली युवालाई मात्र भर्ना गर्ने गरिएको थियो त्यसपछि नेपाल र भारतको वीचको अनुपात ७०/३० थियो ।

गोर्खा भर्तीसम्बन्धी विषयलाई नजिकबाट हेरिरहेका एक भारतीय विज्ञले अनलाइनखबरसँग भने, ‘वास्तवमा माओवादीले भारतीय सेना गोर्खा भर्ती खारेज गर्नुपर्ने माग अगाडि सारेदेखि नै यो विषयलाई गम्भीर रुपमा लिइएको थियो । पछिल्ला वर्षहरुमा माओवादीबाहेक अन्य राजनीतिक दलमा पनि गोर्खाभर्तीको विपक्षमा आवाज उठिरहेको छ ।

ती अधिकारीहरुका अनुसार भारतले तत्काल नेपाली कोटामा कुनै पनि कटौती गर्ने छैन । तर, नेपाल सरकारले कुनै संशोधन वा खारेजीको प्रक्रिया अगाडि बढाएमा अप्ठेरो पर्ने भएकाले तयारीस्वरुप यो नीति लिइएको हो ।

अहिले भारतीय सेनामा ४० गोर्खा राइफल्स छन् । अहिले नेपाल र भारतको वीचमा ६०/४० को अनुपातमा भर्ना लिँदै आएको छ । तर, केही वर्ष अगाडि सबै भारतीय सेना मात्रै भएको एक वटालियन खडा गरिएको थियो ।

पछिल्लो समय विशेषतः भारत र चीनका वीचमा द्वन्द्व बढ्दै गएपछि र पाकिस्तानसँगको लडाइँमा नेपाली युवाहरु मारिन थालेपछि गोर्खा भर्तीको विषयमा विभिन्न कोणबाट बहस भइरहेका छन् ।

नेपालले सन् १९४७ मा नेपाल, भारत र वेलायतका वीचमा भएको त्रिपक्षीय सम्झौतामा पुनरावलोकनका लागि बेलायतसँग गत वर्ष नै प्रस्ताव गरे पनि भारतसँगको विषयमा भने केही पनि बोलेको छैन ।

 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…