को हुन् कुलप्रसाद केसी ? भारतमा कठोर जेल जीवन, मास्टर साहेबदेखि मुख्यमन्त्रीसम्म

कुलप्रसाद के.सी २०२७ सालमा रोल्पाको कोटगाउँ २, जिबाङमा जन्मिएका हुन् । बुवा टिकाराम के.सीको किसानी पेशाले परिवार धानेको थियो । आमा रजमताले काममा हातेमालो गर्नुहुन्थ्यो । ६ भाईमध्ये कान्छो के.सीले पनि बिहान–बेलुका खेतबारीमा सघाउँदै पढाईलाई अगाडि बढाए । सदरमुकाम लिबाङस्थित बालकल्याण उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका उत्तिर्ण गरेका के.सीले थप अध्ययन भने दाङको महेन्द्र बहुमुखी क्याम्पसमा गरे ।

उनले राजनीतिशास्त्रमा अध्ययन गरे । त्यसपश्चात उनी गाउँमै फर्किए र मास्टरी पेशामा लागे ।

राजनीतिक यात्रा

के.सीले २०४३ सालबाट राजनीति सुरु गरेका हुन् । तत्कालीन मसालको विद्यार्थी संगठनको जिल्ला सदस्यका रुपमा राजनीति सुरु गरेका के।सीले मास्टरी पेशासँगै पार्टीको काममा निरन्तर सक्रिय रहे । २०४३ सालमा नेकपा मसालको विद्यार्थी संगठनको जिल्ला सदस्यता लिए । २०४६ देखि २०४७ पार्टीको विद्यार्थी संगठनको दाङ जिल्ला सचिवको जिम्मेवारीको रुपमा काम गरे । औपचारिक रुपमा पार्टीको सदस्यता भने २०४७ सालमा प्राप्त गरे । २०४८ मा पार्टीले एरिया सेक्रेटरीको जिम्मेवारी दियो ।

केसीका परिवारजनमा राजनीतिक चेतना थियो । अन्य दाजुहरु पनि पार्टीमा संलग्न थिए । २०४८ सालमा के।सी स्थायी शिक्षकमा रुपमा स्थानीय विद्यालयमा पढाउँन सुरु गरेका थिए । उनले शिक्षण पेशासँगै राजनीतिको मार्गलाई छोडेनन् ।

पार्टीले दिएको जिम्मेवारी र विभिन्न कार्यक्रममा भाग लिन उनले अध्यापनपछिका समयलाई खर्च गरे । उनको यहीँ लगावले राजनीतिक यात्रा त फराकिलो भयो तर स्थायी शिक्षकको पेशाबाट भने हात धुनु पर्यो । २०५० सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिल्ला भ्रमणमा कालो झण्डा देखाउँदा सरकारले विभिन्न मुद्दा लगाएर शिक्षकबाट हटायो ।

२०५२ सालमा पार्टीका दोस्रो जिल्ला सम्मेलनबाट जिल्ला समिति सदस्यमा भयन भएपछि के।सीले पार्टीले विभिन्न जिम्मेवारी दिएर खटायो । तत्कालीन माओवादी केन्द्रले होलेरी आक्रमण गर्दा उक्त मोर्चामा के।सी पनि सहभागी भए । आक्रमणमा के।सीसँगै वर्षमान पुन,ओनसरी घर्ती ,ताराकुमारी घर्ती लगायत सहभागी थिए । यी मध्ये ताराकुमारी घर्ती के।सीको जीवनसंगिनी हुन् । घर्ती अहिले पार्टीको केन्द्रीय सदस्य छिन् ।

माओवादी आन्दोलनले विस्तारै गति लिन थालेपछि २०५५ सालमा पार्टीले के।सीलाई दाङ–सल्यान–प्यूठान संयुक्त जिल्लाको सेक्रेटरीको भूमिका दियो । त्यसपश्चात उनी २०५६ सालमा भेरी–कर्णाली शैन्य कमिसार हुँदै २०५७ सालमा माओवादी पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।

भारतमा कठोर जेल जीवन

२०६० सामला पार्टीको बैठकको लागि भारत जाँदा के।सी गिरफ्तार भए । उनलाई २०६० जेठ २० देखि २०६३ श्रावणसम्म भारतको बक्सर जेल चलान गरियो । यसैक्रममा उनले त्यँहाको जेलजीवनको कठोर यातना सहे । यनीसँगै श्रीमति तारा घर्ती पनि जेल परेकी थिइन् ।

२०६३ सालमा जेलमुक्त भएपछि के।सी पार्टीको कामीडाँडा बैठकबाट जनमुक्ति सेनाको तेस्रो डिभिजन कमिसार भए । साथै उनी नारायणी–भेरी –कर्णाली–सेती र महाकाली ब्यूरो इन्चार्चको जिम्मेवारी समेत सम्हाले ।

शान्ति प्रक्रिया सुरु भएपछि सेना समायोजनको क्रममा पार्टीले उनलाई वाइसिएलको इन्चार्जको जिम्मेवारी दियो । उनले पार्टी संघर्षमा रहँदा सिकेका नेतृत्व गुण युवा परिचालनमा खर्च गरेर देखाए । २०५९ सालमा ,एकीकृत माओवादीको पोलिटव्यूरो सदस्य चुनिए तर पार्टी विभाजन भएपछि वैद्य समूहमा आवद्ध भए । र,पार्टीमा स्थायी समितिमा रहेर काम गरे ।

के.सीले पार्र्टी विभाजनमा अनेकौँ आरोह–अवरोह देखे । भोगे । पार्टी विभाजनले माओवादी आन्दोलन कमजोर बन्ने निश्कर्ष निकालेपछि एकताको प्रयासमा उनी निरन्तर खटे । फलस्वरुप २०७३ सालमा माओवादी केन्द्र गठन हुँदा केन्द्रीय कार्यालय सदस्य भए । त्यसपश्चात २०७४ सालको प्रदेशसभा निर्वाचनमा उनलाई पार्टीले रोल्पा जिल्ला निर्वार्चन क्षेत्र नं. १ (क )बाट उम्मेदवार बनायो । र, उनी निर्वाचित भए ।

माओवादी केन्द्रबाट निर्वाचित भएपछि उनको संसदीय यात्रा सुरु भयो । उनी पार्टीको तर्फबाट तत्कालीन ५ नं प्रदेशको संसदीय दलको नेता चयन भए । र, एमालेसँग संयुक्त सरकार गठन हुँदा आन्तरिक मामिला तथा कानून मन्त्री भए ।

पछि एमाले र माओवादी केन्द्रको एकीकरणपश्चात नेकपा गठन हुँदा लुम्बिनी प्रदेशको सह–इन्चार्ज तथा संसदीय दलको उपनेता भए । तर,सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र पुरानै अस्तित्वमा आएपछि के।सी पुनः पार्टीको संसदीय दलका रुपमा मुख्यमन्त्रीको पदमा चयन भएका हुन् ।

पार्टीमा इमान्दार र सशक्त युवा नेताको रुपमा उनी चिनिन्छन् । शंकर पोखरेल नेतृत्वको सरकारमा उनले मन्त्रिपरिषद्को सदस्यका रुपमा काम गरे । पछिल्लो समय प्रदेशको नामाकरण र राजधानी तोक्ने विषयमा उनले उल्लेखीय भूमिका खेलेका थिए ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…