दोरम्बाको आलु ब्राण्डिङ गर्दैं गाउँपालिका : प्रचण्डलाई कोसेली लिएर पुगिन् उपाध्यक्ष

काठमाडौं । रामेछापमा उत्पादन भएको आलु नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भान्सामा पुगेको छ। दोरम्बा शैलुङ्ग गाउँपालिकाकी उपाध्यक्ष कृशला घिसिङले खुमलटारमा पुगेर कोसेलीको रुपमा प्रचण्डलाई रामेछापको आलु उपलब्ध गराएकी हुन्।

उनले प्रचण्डसँग दोरम्बा शैलुड गाउॅंपालिकामा उत्पादित अर्गानिक आलुको बजार व्यवस्थापनबारे छलफल भएको जानकारी दिइन्। भेटमा प्रचण्डले दोरम्बाबासीप्रति आफ्नो माया र सम्झना सदाबहार रहिरहने बताउँदै कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताएको घिसिङको भनाई छ।

दोरम्बाको आलुलाई राष्ट्रिय स्तरमा चिनाउन गाउँपालिकाले ब्राण्डिङ गरिरहेको छ। किसानलाई प्रोत्साहन गर्न जनप्रतिनिधि नै बजार व्यवस्थापन गर्न र ब्राण्डिङ गर्न लागि परेका छन्।गाउँपालिकाले दोरम्बाकै ब्राण्डमा स्थानीय रुपमा उत्पादित अर्ग्यानिक आलु बजार पठाउन थालेको हो।

नेपालको धेरै ठाँउमा अत्यधिक माग रहेको दोरम्बाको आलुले बजारमा आफ्नो पहिचान बनाएपनि दोरम्बाको आलु भन्दै अन्यत्रको आलु बेच्ने गरेकाले आफुहरुले अर्ग्यानिक आलु ब्राण्डिङ गर्न लागिएको गाउँपालिकाले जनाएको छ। विशेष गरी गाउँपालिकामा दोरम्बा, गौश्वारा, डडुवालगायतको क्षेत्रमा आलु उत्पादन हुने गर्दछ। अन्य क्षेत्रको भन्दा बढी दोरम्बाको आलु रुचाइन्छ। राम्रो बीउ, अर्ग्यानिक हुनु, राम्रोसँग पाक्ने र स्वादिलो भएकाले दोरम्बाको आलुले छुट्टै पहिचान पाएको हो।

दोरम्बाका अधिकांश कृषकको मुख्य खेती आलु नै भएकाले किसानलाई आलुमा निर्भर बनाउन गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न थालेको छ। किसानलाई अनुदानमा प्रिन्टेट बोरा उपलब्ध गराएको छ। आलु जोनको योजना आएपछि लामो समयदेखि खेती गर्दै आएका किसान खुशी भए र आलु उत्पादनमा अझ अग्रसर हुन थालेका छन्। यो कार्यक्रम लागू भएपछि किसानहरूले उत्पादन गरेको आलुले बजारमा छुट्टै पहिचान बनाउने र किसानहरूको जीवनस्तर माथी पुग्ने पालिकाले जनाएको छ।

जिल्लामा आलुखेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि केही वर्षदेखि आलु खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। सडक सञ्जालमा जोडिएपछि उत्पादित आलु काठमाडौं लगायतका बजारसम्म सहजै पुग्न लागेको छ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईँको घरमा मार्सी चामलको भात खाएको तस्बिर सार्वजनिक भएपछि मार्सि चामलको चर्चा चुलिएको थियो। यो चर्चाले काठमाडौंमा मार्सी चामलको माग ह्वात्तै बढाएको थियो।

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…