फिल्म क्षेत्र चलायमान बनाउन प्रचण्डको ध्यानाकर्षण

चलचित्र कलाकार संघका पुर्व अध्यक्ष तथा नायक, निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेटेर फिल्म क्षेत्र चलायमान गराउन विषेश पहल गरिदिन आग्रह गरेका छन् ।

बुधबार प्रचण्ड निवास खुमलटार पुगेर अभिनेता खड्काले लकडाउन र निषेधाज्ञाका कारण धराशयी बनेको फिल्म क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक फिल्महरूको प्रवद्र्धनका लागि विशेष पहल गरिदिन आग्रह गरेका थिए ।

उक्त अवसरमा खड्काले समग्र फिल्म क्षेत्रको समस्या र चुनौतीको बिषयमा समेत व्याख्या गर्दै प्रचण्डलाई चलचित्र क्षेत्रलाई उठाउन राज्यको विशेष अनुसन्धानको आवश्यक रहेको जानकारी गराए ।

सिमानामा काँडेतार अभियानका संयोजक समेत रहेका खड्काले प्रचण्डसँग राष्ट्रियता संकट पर्ने एमसीसीको बिषयमा समेत आफ्नो धारणा राख्दै भ्रष्टाचारका बिषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले फिल्म क्षेत्रका समस्याबारे आफू गम्भिर रहेको बताउँदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बचन दिएको अभिनेता खड्काले जानकारी दिए । पूर्व सभामुख महराले फिल्म क्षेत्र चलायमान बनाउन विशेष अनुदानका लागि आफूले पहल गर्ने बचन दिएका थिए ।

 

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…