देउवाले भने– न्यूनतम कार्यक्रममा एमसीसी राख्न प्रचण्डले मानेनन्

२८ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रममा अमेरिकी सहायता परियोजना, मिलिनियम च्यालेन्ज कर्पोरेसन, (एमसीसी) समेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार नभएको बताएका छन् ।

प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाएका थिए । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।

जवाफमा देउवाले भने, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भने पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा जोड दिए ।

भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित थिए । उनले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने बताए । तर देउवा भने यसबाट पन्छिने प्रयास गरे । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।

स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोजेका थिए । उनले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताए ।

प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आएका छन् । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा थिएनन् । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अनुमोदनको पक्षमा थिए । मंगलबार संसद्मा बोल्दै ओलीले एमसीसीबारे पनि सरकारलाई प्रश्न गरेका थिए । अनलाइनखबरबाट 

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…