एमसिसीबारे यस्तो आयो सभामुख सापकोटाको धारणा

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग परियोजना (एमसिसी) जनताको घर-घरमा पुगेको विषय भएको भन्दै राष्ट्रिय सहमति हुने आशा व्यक्त गरेका छन् ।

बुधबार पत्रकारसँग कुरा गर्दै उनले आफूले यस विषयलाई तटस्थ ढङ्गले अध्ययन गरिरहेको भन्दै एमसिसीमा राष्ट्रिय सहमति भएमा यसलाई अघि बढाउन सजिलो हुने बताएका हुन् ।

‘एमसिसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु। यो अगाडि बढाउने सन्दर्भमा म चाहन्छु कि राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुगेको विषय हो‚’ उनले भने,‘ राष्ट्रिय सहमति गर्ने विषय हो। संसद्मा प्रतिनिधित्व गर्ने पार्टीका बीचमा सहमति होस्। हिजो पूर्वप्रधानमन्त्रीले पनि भन्नुभयो, विगतमा पनि के भन्नुभएको थियो जनतामा गएकै छ, त्यो कुरा मलाई निको नै लागेको छ।’

सभामुख सापकोटाले मन्त्रिपरिषद विस्तार भएपछि चाँडै नै सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्ने बताए।

‘पार्टीहरू आन्तरिक गतिविधिमा केन्द्रित छन्, प्रधानमन्त्रीको महाधिवेशन नजिकिँदै छ, सरकार विस्तार हुन सकेको छैन, उपेन्द्रजीको पार्टीमा पनि भर्खर कुरा मिलेको छ, अहिले नै विधेयक लैजाने बारेमा अनुकूल समय नभएर हो कि सरकारले ल्याएको छैन’, उनले भने, ‘मैले पनि यसै लगेर हुँदैन, सभामुखको असीमित अधिकार सीमित प्रयोग हुनेरैछ, सभामुखका सीमितता पनि हुने रहेछन्, सभामुख हुँदै गर्दा मेरा स्वतन्त्रता खोसिए जस्तो लागेको थियो, मन्त्रिपरिषद् विस्तार भएपछि सर्वदलीय बैठक राखेर संसद सञ्चालनबारे छलफल गर्छु।’

उनले उपसभामुख नहुँदा आफूलाई पनि असर परेको भन्दै यस विषयमा कुरा चलाएको बताए। यसका लागि सत्तारूढ पार्टीको भूमिका धेरै हुने भन्दै चाँडै गर्न सुझाए।

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…