बालुवाटार जग्गा प्रकरण र क्यान्टोनमेन्ट घोटला छानविन गर्न कोमल ओलीको माग

राष्ट्रियसभा सदस्य कोमल ओलीले वाइडबडी विमान, ओम्नी घोटाला प्रकरणको छानविन गर्न माग गरेकी छिन् । उनले भ्रष्टाचारबारे धेरै भाषण भएको उल्लेख गर्दै निष्पक्ष छानविन गर्न आग्रह गरिन् ।

उनले भनिन्–‘वाइडबडी छानविन गरौं, अरुण थर्डको छानविन गरौं, टनकपुरको छानविन गरौं, बालुवाटारको छानविन गरौं, ओम्नीको छानविन गरौँ, आयल निगमको जग्गा अनियमितताको पनि छानविन गरौँ, क्यान्टोनमेन्टको घोटालाको पनि छानविन गरौं । ठुला–ठुला क्यान्टोनमेन्टको पनि छानविन गरौं । १ सय ६५ सांसदको समर्थन पाएको छ छानविन गरौं न ।’

उनले धेरै जलविद्युत आयोजनाहरु विदेशीको इसारामा बनेको बताउँदै जलश्रोतको दोश्रो धनी देश आज व्यापार घाटाको अवस्थामा पुगेको उल्लेख गरिन् । नेपालको नदी नालाहरू सत्ताको स्वार्थ र भष्ट्राचारका लागि बन्धक भएको दावी गरिन् । भष्ट्राचार छानविनका लागि के ले रोक्यो भन्दै त्यसका लागि फेरि केपी ओलीलाई नै पर्खने भन्दै प्रश्न गरिन् ।

उनले केपी ओलीको जस्तो सरकार अहिलेसम्म नबनेको दावी समेत गरिन् । उनले भनिन्–‘अरु साथीहरुलाई केपी ओली नभएपनि अरु बहादुर ओलीहरूले विकास गर्छन् भन्ने लागेको होला । नेपालमा पच्चीस वर्षसम्म कति सरकार बने होलान्, कति प्रधानमन्त्री बने होलान्, मेलम्चीको सपना पूरा गर्न र धारामा पानी झार्न केपी ओली नै किन चाहियो ।

किन पर्खेको ? त्यसमा भट्राचार कति भयो होला, कति ठेकेदार भागे होलान्, सचिवसँग कति पैसा मागियो होला, त्यसका नाममा कति गाडी चुँडियो होला ? हिसाब किताब हामीसँग पनि छ ।’

उनले रेल आउन केपी ओली नै आउनुपरेको, नारायणीमा जहाज चलाउन, चाहनासँग पारबहान सन्धि गर्न केपी ओली नै आउनुपरेको उल्लेख गरिन् । नेपालको भूमि समेटिएको नक्सा ल्याउन पनि केपी ओली नै आउनुपरेको बताउँदै केपी ओली बिना किन गर्न नसकेको भन्दै प्रश्न गरिन् ।

 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…