२० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई बिजुली निःशुल्क दिने सरकारको निर्णय

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेकी छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरिसकेको भन्दै विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताइन् ।

उनले आयोगले निर्णय गरेको दिनबाट महसुलदर लागू हुने जानकारी दिइन् । त्यस्तै उनले विद्युतीय चुल्होको प्रयोग बढाउन ‘विदेशी ग्यास छोडौँ, स्वदेशी बिजुली जोडौँ’ भन्ने नाराका साथ विद्युतीय चुल्होको प्रयोग बढाउदै लैजाने पनि बताइन् ।

मन्त्री भुसालले आयातित ग्यासलाई विस्थापन गर्दै आफ्नै देशमा उत्पादन हुने विद्युतको उपभोग बढाउन अभिप्रेरित गर्नका लागि विद्युत महशुल समायोजनको निर्णय भइसकेको बताइन् । प्रत्येक प्रदेशमा अर्धजलाशय र जलाशययुक्त आयोजनाहरू विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तथा प्रदेश २ मा सोलार आयोजना निर्माण गरिने उनले जानकारी दिइन् ।

निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाहरु छिटो सम्पन्न गर्न आवश्यक समन्वय एवम् सहजीकरण तथा अनुगमन गर्ने कार्य प्रभावकारी बनाउने उनले बताइन् । त्यस्तै उनले निर्माणाधीन प्रसारणलाइनहरु तोकिएको समयभित्र सम्पन्न गर्न आवश्यक संयन्त्र बनाई कार्यान्वयन गर्ने र अनुगमनको कामलाई तीव्रता दिने जानकारी दिइन् ।

नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत

नेपाल विद्युत प्राधिकरण कार्यालयमा नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङलाई भव्य स्वागत गरिएको छ । उर्जामन्त्रालयबाट नियुक्ति पत्र लिए लगत्तै प्राधिकरण कार्यालयमा पुगेर पदभार गरेका घिसिङलाई भब्य स्वागत गरिएको हो । उनलाई कार्यलयका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।

पहिलो पल्ट प्राधिकरणको कार्यकारी निर्देशक भएर काम गर्दा कुलमानले उल्लेखनीय काम गरेको मानिदै आएको छ । उनी नेपालमा लोडसेटिङ हटाउन सफल व्यक्ति हुन् ।

उनको गत वर्ष ४ वर्षे कार्यकाल सकिएको थियो । कार्यकाल सकिएसँगै उनलाई आम नागरिक तथा सरोकारवालाहरुले पुन नियुक्तिको माग राखेका थिए । तर तत्कालीन ओली सरकारले उनलाई पुन: नियुक्ति दिएको थिएन । हाल नयाँ सरकार आएसँगै उनलाई पुन: नियुक्ति दिइएको हो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…