ओलीनिकट युवा संघका उपाध्यक्षसहित २६ जना फर्किए माओवादी केन्द्रमै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघका उपाध्यक्ष तथा प्रवास विभाग प्रमुखसहित २६ जना केन्द्रीय सदस्य नेकपा माओवादी केन्द्रमा फर्किएका छन्।

बुधबार उपाध्यक्ष योगेश साउदसहित सुदूरपश्चिम प्रदेशका २६ जना केन्द्रीय सदस्य माओवादीमा प्रवेश गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

साउदले केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर एमाले परित्याग गरेको जानकारी गराएका थिए। प्रचण्डले केन्द्रमा प्रवेश गरेकाहरूलाई खादा लगाएर स्वागत गरेका थिए।

उपाध्यक्ष योगेश साउद २०५७ सालदेखि माओवादी आन्दोलनमा लागेका थिए। जनमिलिसियाबाट माओवादी बनेका साउद नेपाल कम्युनिष्ट पार्टी विभाजन हुँदा लेखराज भट्टसँगै एमालेमा गएका थिए। उनलाई युवासंघ उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

एमालेभित्र लोकतान्त्रिक अभ्यास र राजनीतिक चरित्र नभएकोले त्यहाँ बस्न नसकिने अवस्था भएको र इतिहासलाई धोका दिन नसकिने लागेर पुन: माओवादी केन्द्रमा फर्किएको साउदले बताएको प्रचण्डको सचिवालयले जनाएको छ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…