पदबहालीपछि कुलमान घिसिङले भने – दोस्रो कार्यकालमा जीवनकै ठूलो चुनौती

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले दोस्रो कार्यकालमा ठूलो चुनौती थपिएको बताएका छन्। पदबहालीपछि बुधबार प्राधिकरणमा आयोजित स्वागत तथा शुभकामना आदानप्रदान कार्यक्रममा निर्देशक घिसिङले यस्तो बताएका हुन्।

‘दोस्रो इनिङ स्वीकार गरेर मैले ठूलो चुनौती स्वीकार गरेको छु,’ यो मेरो जीवनकै सबभन्दा ठूलो चुनौती जस्तो लाग्छ,’ उनले भने,’ यो चुनौतीभन्दा अरु केही हुनेछैन।’

उनले प्राधिकरणलाई अगाडि बढाउनुपर्छ भन्ने जनअपेक्षा आएकाले चुनौती स्वीकार गरेको बताए। उनले भने,’ यो चुनौती म एक्लैले गर्न सक्दैन। सबै मिलेर काम गर्नुपर्छ। टिमवर्कले काम गर्नुपर्छ।’

उनले विधुत प्राधिकरणको सेवालाई अझ राम्रो बनाउने प्रतिवद्धता जनाए । अनियमिताबारे गुनासाहरु आएको भन्दै सुशासन र गुणस्तरीय सेवालाई प्राथमिकतामा राख्ने उनले विश्वास व्यक्त गरे।

आफूलाई सरकारले ४ वर्षका लागि नियुक्त गरेको र यसअघिका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई पनि ४ वर्षकै लागि ऊर्जा आयोगमा सम्मानजनक हैसियतमा पठाइएको उनले बताए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई दोस्रो पटक विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरी विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको हो।

यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने सरकारले विशिष्ट श्रेणी (सचिव) सरह जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा नियुक्त गरेको छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले तत्कालिन कार्यकारी निर्देशक घिसिङलाई सोही पदमा दोहोर्‍याउन अस्वीकार गरी हितेन्द्रदेव शाक्यलाई कामु तोकेको थियो । र पछि शाक्यलाई नै कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।

चरम लोडसेडिङ भइरहेको बेला तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले घिसिङलाई पहिलो पटक कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…