चीनमा क्यानेडेली एक नागरिकलाई फाँ’सीको फैसला

एजेन्सी । चीनको एक अदालतले लागुऔषध तस्करीमा संलग्न एक क्यानेडेली नागरीकलाई फाँ’सीको फैसला सुनाएको छ । क्यानडाका नागरीक रोबर्ट लोयड स्केलेनबर्गले मृ’त्युदण्डविरुद्ध गरेको अपिल अदालतले खारेज गर्दै सजाय सुनाएको हो ।

अदालतमा उपलब्ध प्रमाणहरु रोबर्टविरुद्ध पर्याप्त सबुत रहेको अदालतले जनाएको छ । रोबर्टलाई यसअघि १५ वर्षको जेल सजाय सुनाइएको थियो ।

तर सन् २०१९ मा अदालतले सजाय केही उदार भएको भन्दै पुनः दोस्रो पटक मुद्दा चलाएको र सो मुद्दाको सुनुवाइ गर्दै मृ’त्युदण्डको फैसला सुनाएको बीबीसिले जनाएको छ ।

चीन र क्यानडाबीचको सम्बद्ध तनावपूर्ण रहेको समयमा यो फैसलाले झन तरङग ल्याएको छ । रोबर्टलाई सन् २०१४ मा चीनबाट भारी मात्रामा अस्ट्रेलियामा लागुऔषध लैजान लागेको आरोपमा हि’रासतमा लिइएको थियो ।

यद्यपी उनले उक्त आरोप अस्वीकार गर्दै एक पर्यटकको रुपमा आफु चीन भ्रमणमा आएको बताउँदै आएका छन् । चीनको यो निर्णयको क्यनडाले कडा शब्दमा निन्दा गरेको छ ।

चीनका लागि क्यानेडेली राजदूत डोमिनिक बार्टनले चिनियाँ कम्पनी हुवावेका बरिष्ठ कार्यकारी मेंग वांगझुलाई क्यानडामा सुपुर्दगी गर्ने विषयमा छलफल भईरहेको समयमा आफ्ना नागिरकविरुद्वकोे यो निर्णय कुनै संयोग नभएको बताएका छन् ।

मेंग वांगझु चिनियाँ कम्पनी हुवावेका संस्थापक रेन झेगंफेईकी छोरी हुन् । उनलाई अमेरिकाको प’क्रा’उ पुर्जीका आधारमा क्यानडामा हिरासतमा राखिएको छ । रेन झेगंफेईले क्यानडाको यो हर्कत राजनितिबाट प्रेरित भएको बताउँदै आएका छन् ।

 

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…