रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

काठमाडौं। काठमाडौं नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन्। सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो। रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईले बताएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइएअनुसार मन्त्तालयका नियुक्तीहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर स्पष्टिकरणको नाटक मञ्चन गरिएको भट्टराईद्वारा जारी राजीनामा उल्लेख गरिएको छ।

‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजिनमा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…