त्रिविको परीक्षा रोक्नुपर्ने विषयमा प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराएँः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले हाल सञ्चालन भइरहेका त्रिविका परिक्षाहरु सम्वन्धमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेरै ध्यानाकर्षण गराएको बताएका छन् ।

प्रधानमन्त्रीले तत्काल पहलकदमी लिइ ठोस निर्णय लिने विश्वास दिलाएको उनको भनाइ छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘एकातिर स्वास्थ्य मन्त्रालयले तेस्रो लहरबारे बताइरहने अर्कोतर्फ यसरी परीक्षा सञ्चालन गरेर संक्रमणको जोखिम बढाइरहनेरुकि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराऊ नत्र वैकल्पिक माध्यमबाट परीक्षा चलाऊ । तर,विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलबाड नगर।’

बैकल्पिक माध्यमबाट परीक्षा हुनुपर्ने उनको माग छ । ‘यस बारेमा हिजो साँझ प्रधानमन्त्रीज्यूलाई भेटेरै ध्यानाकर्षण गराएको छु। उहाँले यो विषयलाई गम्भीरताका साथ लिनुभएको छ र तत्काल पहलकदमी लिई ठोस निर्णय लिने कुराको विश्वास दिलाउनु भएको छ,’ थापाले भनेका छन् ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…