कुलमान घिसिङले लिए ४ वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उनले आजै उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति लिएका छन् । उनलाई उर्जामन्त्री पम्फा भुसालले ४ वर्षे नियुक्तिपत्र प्रदान गरिन् ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भने विशिष्ट श्रेणी (सचिव) सरह र अहिले खाईपाई आएको सेवा सुविधालाई यथावत राखी जल तथा उर्जा आयोगको पूर्णकालीन सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको छ ।

हितेन्द्रले पनि आयोगमा लिए नियुक्ति

नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिएका हितेन्द्र देव शाक्यले जल तथा ऊर्जा आयोगमा नियुक्ति लिएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक रहेका शाक्यलाई जल तथा ऊर्जा आयोगमा कार्यादेशसहित विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा नियुक्त गरेको हो।

ऊर्जामन्त्री पम्फा भुसालले शाक्यलाई विशिष्ट श्रेणीको पूर्णकालीन सदस्यका रुपमा आयोगमा नियुक्त गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावअनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो।

मन्त्रिपरिषद्ले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकअनुसारकै सेवा सुविधा दिने समेतको निर्णय गरेको छ। जसमा अर्थ मन्त्रालयको सहमति समेत लिइसकेको छ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…