आज म पदबहाली गर्दै छु : कुलमान घिसिङ

काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनःनियुक्ति पाएका कुलमान घिसिङले आजबाट जिम्मेवारी सम्हाल्ने भएका छन्। यसअघि ४ वर्षे कार्यकाल पूरा गरी बिदा भएका घिसिङलाई देउवा सरकारले पुनः विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्ति दिएको हो।

सोहीबमोजिम घिसिङले आजबाट प्राधिकरणको जिम्मेवारी सम्हाल्ने भएका हुन्। ‘आज म पदबहाली गर्दैछु,’ बुधबार बिहान नेपालखबरसँग संक्षिप्त कुरा गर्दै घिसिङले भने, ‘११ महिनापछि म विद्युत् प्राधिकरणमा फर्किएको छु।’

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार मन्त्रिपरिषद् बैठकमा पेस गरेको प्रस्तावअनुसार सरकारले उनलाई पुनःनियुक्ति दिएको हो।

मन्त्री भुसालकै प्रस्तावअनुसार यसअघिका प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाइएको छ। शाक्यलाई प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिनेगरी आयोगमा पठाउने प्रस्ताव गरिएको हो।

शाक्यले प्राधिकरणबाट हिजै (मंगलबार) बिदा लिइसकेका छन्। यसअघिको कार्यकालमा घिसिङले नै लोडसेडिङ समस्या सधैंका लागि अन्त्य गरी घाटामा रहेको प्राधिकरणलाई नाफा गर्न सक्ने अवस्थामा उकालेका हुन्। यसैकारण उनको पुनःनियुक्तिले आम जनता खुसी भएका छन्। कतिपय स्थानमा खुसियालीमा दीपावलीसमेत गरिएका छन्।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…