त्रिभुवन विमानस्थलमा यूएई जान पाएनन् नेपाली कामदारहरु

सोमबार उर्लाबारीका नरेन्द्र राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगे । हवाई उडान बन्द भएकाले रोजगारीमा फर्कन नपाएका राई लामो समयको प्रतीक्षा पछि काममा फर्कन हिमालय एयरलाइन्सको (काठमाडौँ-दुबई) टिकट लिएका थिए। तर विमानस्थल पुगेका राई अन्तिम समयमा जहाज चढ्न भने पाएनन् ।

हिमालय एयरलाइन्सको उडान नम्बर ९५६५ कुनै यात्रु पनि दुबई लान नसक्ने भन्दै पन्छिए पछि राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मै अलपत्र परे। यात्रु नलिइ हिमालय एयरलाइन्सको जहाज राति साढे ११ बजे दुबईका लागि खाली उड्यो ।

गोरखाका मञ्जरी लामाको कथा पनि यस्तै छ। ३ महिना पहिले नेपाल छुट्टी गएकी लामा लामो समय देखि हवाई उडान नहुँदा उतै अलपत्र परिन् । गत सोमबार दुबई फर्कन एयरपोर्ट आएकी उनी जहाज चढ्न पाइनन्। अन्तिम समयमा जहाज चढ्न नपाएपछि उनी आमासँगै घर फर्किन्।

गत सोमबार हिमालय एयरलाइन्सले अन्तिम समयमा काठमाडौँ-दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरू अलपत्र परेका हुन् । हवाई उडान बन्द हुँदा नेपालमै अड्किएका नेपाली यूएई सरकारको पछिल्लो निर्णयले प्रवेश खुल्ला गरेपछि धेरै हर्षित थिए। उनीहरूले सम्बन्धित एयरलाइन्सको दुबई आउने टिकट समेत काटी सकेका थिए भने एयरलाइन्स र ट्राभल्स एजेन्सीहरूले धमाधम टिकट बेचेका थिए।

तर एक्कासि एयरलाइन्सले दुबई उडान नहुने सूचना टाँसेपछि यात्रुहरू अलमलमा परे । गत हप्ता युएईस्थित नेपाली दूतावासले बिहीबारदेखि काठमाडौँ दुबई उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो । सोही अनुसार सोमबार राति साढे ११ बजे हुने उडानका लागि हिमालय एयरलाइन्सले टिकट बिक्री गरेको थियो ।

यूएई सरकारले आफ्नो देशमा प्रवेश गर्ने यात्रुहरूको लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा टिकट लिएका यात्रुहरू अन्तिम अवस्थामा विमानस्थलबाट फर्किनु परेको तथ्य खुल्न आएको छ। उडान समयभन्दा चार घण्टाअघि एन्टीजेन परीक्षण अनिवार्य छ। त्यसका लागि त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था थिएन । जसको कारण यात्रुहरूले यात्रा गर्न पाएनन्।

चार घण्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको थियो भने मंगलबार एयर अरेवियाको जहाज पनि रित्तै फर्केको थियो। यता एयरलाइन्सले यूएई जाने उडानमा रोक लगाएकाले भन्दै विमान नउड्ने जानकारीसहितको सूचना टाँसेको थियो।

घर बिदामा गएका नेपाली कामदारहरू रोजगारीको लागि यूएई फर्कन नपाए पछि आक्रोशित भएका छन्। उनीहरूले तुरुन्तै विमानस्थलमा एन्टीजेन परीक्षण गर्ने व्यवस्था मिलाउनको लागि सरकारसँग माग गरेका छन्। लामो समयदेखि छुट्टीमा नेपाल गएका कामदारहरू बेरोजगार बन्दा बढ्दो रेमिट्यान्सलाई पनि निकै ठुलो झट्का लागेको छ। कम्पनीले बारम्बार काममा फर्किन अनुरोध गर्दा समेत आउन नसक्दा कयौँको रोजीरोटी गुम्ने खतरा बढेको छ।

यसअघि कोरोना भाइरस सङ्क्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो । तर हालै यूएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागि मात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…