मेसी २ वर्षका लागि पीएसजीमा आबद्ध, ३० नम्बर जर्सी लगाएर खेल्ने

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन् । मेसीले मंगलबार पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका हुन् । ३४ वर्षीय मेसीका लागि तेस्रो वर्षका लागि पनि मौका दिइने बताइएको छ ।

ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेसीले केही दिनअघि मात्रै बार्सिलोना छाडेका थिए । ‘पेरिसमा मेरो करियरको नयाँ अध्याय सुरु गर्नका लागि म निकै आतुर छु । क्लब र यसको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन्,’ मेसीले सम्झौतापछि भनेका छन् ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् ।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका उनले ७७८ खेलमा ६७२ गोल गरेका छन् । त्यस्तै उनले ६ पटक बलोन डी ओर अवार्ड पाएका छन् भने क्याटलान क्लबलाई ३५ वटा उपाधि दिलाएका छन् ।

यो सिजनमा पीएसजीमा आबद्ध हुने चौथो खेलाडी हुन् । यसअघि पीएसजीले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेन्डर सर्जियो रामोस र इटालीका गोलरक्षक जियानलुइगी डोनारुमालाई भित्र्याइसकेको छ ।

मेसीले ३० नम्बरको जर्सी लगाएर खेल्नेछन् । नेयमार र एम्बाप्पेजस्ता खेलाडी भएको पीएसजीमा मेसी थपिएपछि खेल थप उत्कृष्ट हुने अपेक्षा गरिएको छ । तस्बिरहरू : पीएसजीको ट्विटरबाट

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…