के पलविना मलिकाको भिडियो चल्दैन ?

४ दिन अगाडि नायिका मलिका महत्त अभिनित म्यूजिक भिडियो ‘तिम्रो माया’ सार्वजनिक भयो । यो भिडियोमा मलिकाले कुन्साङ बोम्जनसँग अभिनय गरेकी छिन् । यो गीतको शब्द, संगीत, स्वर र भिडियोलाई लिएर खुबै चर्चा पनि भैरहेको छ । तर, भिडियोले भ्यूज भने पाएको छैन । ४ दिनमा १ लाख ३५ हजार भ्यूज पाएको यो गीतले राम्रो भएर पनि दर्शकको साथ किन नपाएको होला ?

नेपाली म्यूजिक भिडियोकी सर्वाधिक महंगो मोडल मलिका महत्तको नाममा पनि यो भिडियो चलेन । यस्तै भएको थियो मलिकाको अर्को एक भिडियो ।

मलिका महत्त अभिनित ‘वर आउन माया’ बोलको म्यूजिक भिडियो ५ महिना अगाडि रिलिज भयो । यो भिडियोमा मलिकाले सोनाल तामाङसँग अभिनय गरेकी थिइन् । यो गीत र भिडियो चलेन । यो गीत सार्वजनिक हुँदा मलिका ‘फुलबुट्टे सारी’ बोलको गीतका कारण चर्चामा थिइन् ।

मलिका एक्लैले भिडियोमा भ्यूज तान्न नसकेको देखिन्छ । अर्कोतिर, उनले नायक पल शाहसँग अभिनय गरेका ३ वटा भिडियोले १ करोड भन्दा बढी भ्यूज पाइसकेका छन् । यस्तै, ‘तिम्रो मनमा ए कान्छा’ बोलको गीतको भिडियोले २ सातामा ४२ लाख भ्यूज पाइसकेको छ ।

यसको अर्थ, के मलिका पलविना नचल्ने नै हुन् त ? मलिका आफै पनि भिडियो किन चलेन भनेर आफूलाई थाहा नहुने बताउँछिन् । उनले, भिडियोमा दर्शकले आफ्नो कामबारे दिने प्रतिक्रिया आफूलाई महत्वपूर्ण हुने बताइन् ।

मलिकाले युटुबमा कस्ता खालका बिषय चल्छन् भन्ने कुराले पनि महत्वपूर्ण हुने तर्क गरिन् । युटुबमा गीतको भ्यूज गयो कि गएन भनेर आफूले ध्यान नराख्ने उनको तर्क छ । उनले, भ्यूज भन्दा पनि आफ्ना साथीभाई, आफन्तले प्रशंसा गरेको भन्दै यसले नै खुशी बनाएको बताइन् ।

 

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…