दार्चुला घटना : भारतले ड्रोन प्रयोगका लागि अझै अनुमति दिएन

महाकालीमा बेपत्ता जयसिंह धामीको ‘डेथ बडी’को खोजी गर्न सरकारले महाकाली नदीमा ड्रोन क्यामेरा उडाउन भारतीय पक्षसँग समन्वय गर्दै अनुमति माग गरेकोमा अहिलेसम्म पत्रको जवाफ फर्काएको छैन । गत शनिबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ जिल्ला अधिकारीलाई पत्रचार गरेको थियो ।

गत साउन १५ गते भारतीय एसएसबीले तुइन फुकालेर महाकालीमा बेपत्ता भएका जयसिंह धामीको घटनाबारे छानबिन गर्न टोलीले जयसिंहको खोजी गर्न नेपाल सरकारबाट ड्रोन प्रयोग गर्ने बताएपछि ड्रोनसहितको टोली आइतबार दार्चुला पुगेको हो । तर, भारतीय पक्षले अनुमति नदिँदा काम अघि बढेको छैन ।

गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा गठित छानबिन समिति मंगलबार घटनाबारे थप बुझ्न बैतडी पुगेको छ । समितिले बैतडी हुँदै महेन्द्रनगरसम्म घटनाबारे जानकारी लिने तथा जयसिंहको शव खोजीको लागि सहकार्य गर्न यहाँ गएको हो । उनीहरूले महाकाली नदीसँग जोडिएका जिल्लाहरूका सुरक्षा अधिकारीसँग भेटघाट गर्नेछन् ।

जयसिंहको ‘डेथ बडी’ खोज्न ड्रोन क्यामेरासहितको नेपाल प्रहरीको प्राविधिक टोली दार्चुलामै छ । भारतीय पक्षले सोमबारसम्म महाकालीमा ड्रोन प्रयोगका लागि अनुमति दिने–नदिनेबारेमा जवाफ पठाएको छैन । सुरक्षा स्रोतका अनुसार भारतले पत्रबारे लिखित मौखिक केही भनेको छैन । अहिले ड्रोन क्यामेरा नेपालतिरकै भूभागबाट प्रयोग गर्ने नेपाली पक्षको तयारी छ ।

‘साउन १७ गते गठित छानबिन समितिले बुधबारसम्म सरकारलाई प्रतिवेदन बुझाउनुपर्नेछ । तर, समितिले अझै काम सकेको छैन । समितिले सबै काम सकेको छैन । तर छानबिन समिति बैतडी महेन्द्रनगर हुँदै काठमाडौं फर्किएको छ,’ छानबिन समितिका सदस्य एवं दार्चुलाका निमित्त प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताइन् ।

सीमा क्षेत्रमा ड्रोन क्यामेरा उडाउन दुवै देशको सहमति आवश्यक हुन्छ । ड्रोन क्यामेरा लिएर टोली आइतबार दार्चुला आइपुगेको हो । व्यास गाउँपालिका– २ मालघाटदेखि सदरमुकाम खलंगासम्मको क्षेत्रमा ड्रोन क्यामेरा प्रयोग गरिनेछ । भारतले अनुमतिको सम्बन्धमा जानकारी गराएको छैन,’ उनले भनिन्, ‘अनुमति नआए नेपालपट्टिबाट क्यामेराको प्रयोग गर्छौँ ।’

सहसचिव गौतम नेतृत्वको छानबिन टोलीमा प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरीका एसएसपी सुरेश कुमार श्रेष्ठ र दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । छानबिन समितिले दार्चुलामा बस्दा नेपाल–भारत दुवैतर्फबाट घटना भएको ठाउँको स्थलगत निरीक्षण गरेको थियो । यस्तै जिल्लास्थित राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, मानव अधिकारकर्मी, स्थानीयवासी र घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षा निकायसँग छलफल एवं सूचना संकलन गरेको हो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…