प्रधानमन्त्री देउवालाई ओलीले भने – मेरो पार्टीका सांसदलाई मन्त्री दिनुस्, प्लिज !

काठमाडौँ । एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई मन्त्री बनाइदिन व्यंग्यात्मक आग्रह गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओली । तस्बिरः अंगद ढकाल/कान्तिपुर
प्रतिनिधिसभाको मंगलबारको बैठकमा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका सांसद मन्त्री पदका लागि कुदेको कुद्यै भएको भन्दै त्यस्तो आग्रह गरेका हुन् ।

‘मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर कुदेका छन् । हिरिक हिरिक हिरिक भएका छन्,’ ओलीले प्रधानमन्त्री देउवातिर हेरेर हात जोड्दै भने, ‘यति त गराइसक्नुभयो, पछि त लगाइसक्नुभयो । कुद्‍या कुद्‍यै छन्, फ्याँफ्याँ भएका छन् । बिहान बेलुका चाकरी बजाइरहेका छन् । मेरो दलमा अलिकति घाटा भएमा सहुँला बुझाउन मन्त्री दिनुस्, प्लिज !’

ओलीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरूलाई मन्त्री बनाइदिन भन्दै व्यंग्य गरेका हुन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…