चार सांसदलाई माधव नेपालकाे आश्वासन : ‘उपचुनामा जिताउने जिम्मा मेराे’ को हुन् त्यी सांसद ?

काठमाण्डाै । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कर्णाली प्रदेश सभा सदस्यको पद गुमाएका आफ्नो पक्षका नेतालाई फेरि जिताएर ल्याउने आश्वासन गर्नुभएको छ ।

मङ्गलवार अनेरास्ववियु केन्द्रीय कमिटीले सामुदायिक विद्यालयमा अध्ययनरत आशिक झाले चिकित्सा शिक्षा आयोगद्वारा लिइएको एमबीबिएस प्रवेश परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याएकाे सन्दर्भमा गरेको सम्मान कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले कर्णालीका आफू पक्षीय सांसदले गलत कुराको विरुद्धमा उठ्ने आँट गरेको भन्दै यदि उपचुनाव भए उनीहरूलाई जिताएर ल्याउने आफ्नो जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले कर्णालीका नेताहरूको साथमा आफू रहेको भन्दै दृढताका साथ अगाडि बढ्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘अहिले हाम्रो कर्णाली प्रदेशका मन्त्रीज्यूले बडो हिम्मतका साथ, साहसका साथ गलत कुराका विरुद्धमा उठ्ने आँट गर्नुभयो ।

उहाँहरूको प्रदेश सभाको सदस्यता धरापमा छ । र मैले भनिसकेको छु, तपाईँहरुको सदस्यता धरापमा छ भने, यदि तपाईँहरूकाे सदस्यता खारेज भयो भने अनि उपचुनाव भयो भने तपाईँहरूलाई जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । त्यसो हुनाले तपाईँहरू दृढताका साथ अगाडि बढ्नुस् । हामी साथमा छौँ ।’

वरिष्ठ नेता नेपालले आफूहरू कसैको सामु शिर नहुराउने र कसैको टाङमुनि नछिर्ने पनि स्पष्ट पार्नुभयो । आफूहरू दृढताका साथ अगाडि बढ्ने उहाँको भनाइ छ । नेता नेपालले दम्भ र अहङ्कारका साथ गलत ढङ्गले चल्नेहरूलाई चुनौती दिएर आफूहरू अगाडि बढ्ने बताउनुभयो ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…