मेसीले चाहेनन् नेइमारको जर्सी खोस्न, ३० नम्बर दिने पिएसजीको प्रस्ताव

खेलाडीको स्थानान्तरणको समय चर्चामा आउने एउटा विषय जर्सी नम्बर पनि हो । प्रायः एउटा खेलाडीले आफ्नो पुरानो क्लबमा लगाइरहेको जर्सी नयाँ क्लबमा अर्कैले लगाइरहेको हुन्छ । र, पिएसजीमा पनि लियोनलस मेसीका हकमा यस्तै भइरहेको छ ।

हुन त मेसी र पिएसजीबीच अन्तिम सम्झौता हुन बाँकी नै छ । तर, अहिल्यै जर्सी नम्बरको चर्चा सुरु भइसक्यो । स्रोतका अनुसार पिएसजीले मेसीलाई ३० नम्बरको जर्सी लगाउन अफर गरिरहेको छ ।

नेइमारले पिएसजीमा १० नम्बरको जर्सी लगाउँछन् । यसअघि मेसी क्लबमा आएमा आफ्नो जर्सी उनलाई दिने घोषणा नेइमारले गरेका थिए । तर, मेसी आफ्नो सार्थीको जर्सी खोस्न चाहदैंनन् र उनले यो प्रस्ताव अस्विकार गरिसके । मेसी र नेइमार बार्सिलोनाबाट खेल्दा अति निकट थिए, त्यो मित्रता अहिले पनि कायम छ ।

मेसीका लागि विकल्पका रुपमा अहिले ३० र १९ नम्बरको जर्सीलाई अघि सारिएको छ । मेसीले युवा टोलीबाट खेल्दा १९ नम्बरको जर्सी लगाउथें ।

बार्सिलोनाको सिनियर टोलीबाट डेब्यु गर्दा उनले ३० नम्बर जर्सी लगाएका थिए । लिगड वानमा प्राय वैकल्पिक गोलकिपरलाई ३० नम्बरको जर्सी दिइन्छ । मेसीलाई भित्र्याउने दौडमा पिएसजी अगाडि छ । तर, म्यानचेस्टर युनाइटेडले पनि उनलाई भित्र्याउन चाहेको छ ।

सर्जियो बुस्क्वेट्स बने बार्सिलोनाको नयाँ कप्तान

लियोनल मेस्सीले क्लब छाडेपछि बार्सिलोनाले नयाँ कप्तानका रुपमा सर्जियो बुस्क्वेट्सलाई पाएको छ । उनले अब मेस्सीको उत्तराधिकारीका रुपमा आर्मब्यान्ड लगाउनेछन् ।

उपकप्तानका रुपमा जेरार्ड पिके, सर्जि रोर्बटो र जोडी अल्बा रहनेछन् । कप्तान बुस्क्वेट्स र तीनवटै उपकप्तान बार्सिलोनाको युथ एकेडेमी ला–मेसियाका उत्पादन हुन् ।

भर्खरै क्लब छाड्ने घोषणा गरेका पूर्वकप्तान मेस्सी पनि ला–मेसियाकै उत्पादन हुन् । मेसी कप्तान छँदा बुस्क्वेट्स, पिके र सर्जि रोर्बटो उपकप्तान थिए । आइतबार युभेन्टस्विद्धर जोआन गाम्पर ट्रफीमा बुस्क्वेटस्ले बार्सिलोनाको कप्तानी गरे ।

मेसीको क्लब छाड्ने घोषणापछि बार्साले खेलेको यो नै पहिलो खेल हो । यस खेलमा बार्सा ३–० ले विजयी भयो । खेलपछि बुस्क्वेट्सले मेस्सीको निकै प्रशंसा गरे ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…