करिब २० लाखलाई परेन मैलुङ खाेलाको आईपीओ

मैलुङ खोला जलविद्युत कम्पनीले सर्वसाधरणमा निष्काशन गरेका आईपीओ मंगलबार बाँडफाँट भएको छ ।  कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटको कार्यालयमा मंगलबार बिहान ९ बजे आईपीओ बाँडफाँट भएको हो। आवेदकमध्ये ६८ हजार ४ सय ६८ जनाले १० कित्ता र ६ जनाले ११ कित्ताका दरले शेयर पाएका छन्।

कम्पनीका अनुसार आईपीओमा कुल २० लाख ६७ हजार ९६७ जनाले आवेदन गरेका थिए। त्यसमध्ये २ हजार ८ सय ४३ जनाको आवेदन रद्द भएको थियो । सदर आवेदक २० लाख ६५ हजार १२४ जनामध्येबाट गोलाप्राथा गरी आईपीओ बाँडफाँट सिद्धार्थ क्यापिटलले जनाएको छ।

कम्पनीले साउन १४ बिहीबारदेखि प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको थियो। त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । त्यसपछि बाँकी रहने ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणलाई बाँडफाँड गरेको हो।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। सर्वसाधारणमा आईपीओ बिक्री गरेपश्चात कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ।

आईपीओको नजिता बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेवसाइट, मैलुङ खोलाको वेभसाइट, सिडिएससीको आईपीओ हेर्ने वेभसाइट, मेरो शेयर गरी चार स्थानबाट हेर्न सकिन्छ।

आईपीओ बाँडफाँडपछि हाल बिक्री प्रबन्धकले डेटा प्रसोधनको कार्य गरिरहेको छ। डेटा प्रसोधनको काम सकिएपछि दिउँसो मात्र आईपीओ बाँडफाँटको नतिजा हेर्न सकिने बताइएको छ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…