जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानाबाट बनेको मार्सी बियर बजारमा

हिमाली भेग जुम्लामा फलेको मार्सी चामलबाट बनेको ‘मार्सी’ बियर बजारमा आएको छ । टाइगर्स ब्रुअरीले मार्सी बियर बजारमा ल्याएको हो । यो बियर नेपालका सबैजसो सहर–बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकको चाहना र मागअनुसार मार्सी प्रिमियम, मार्सी स्ट्रङ र मार्सी भ्mयाप गरी तीन प्रकारका बियर बजारमा ल्याएको कम्पनीको भनाइ छ ।

मार्सी बियर नेपाली उत्पादन भएकाले नेपाललाई माया गर्नेले यो बियरलाई पनि माया गर्ने कम्पनीको अपेक्षा छ । त्यस्ता व्यक्तिको पहिलो रोजाइमा मार्सी बियर पर्ने कम्पनीको भनाइ छ । यो बियर अन्य बियरभन्दा फरक स्वादको भएको र ग्राहकको आवश्यकताअनुसार ३ सय ३० र ६ सय ५० मिलिलिटरको बोतलमा उपलब्ध रहेको जनाइएको छ ।

विशेषता

यो बियर रोस्ट गरिएको अन्नबाट उत्पादन गरिएको कम्पनीले जनाएको छ । साधारणतया, रोस्ट नगरिएको अन्नबाट उत्पादित बियर हल्का स्वादको हुने हुनाले त्यसमा अन्नको स्वाद आउँदैन ।

तर, मार्सी बियरले ‘नेपाली माटोको स्वाद’ अर्थात् नेपालमा नै फलेका अन्नहरूको स्वाद आफ्नो बियरमा ल्याउनका लागि विशिष्ट जर्मन प्रविधिलाई अवलम्बन गरेको कम्पनीको दाबी छ ।

जुम्लाको चिसो मौसममा फलेका गुणस्तरीय दानालाई रोस्ट गरिएका कारण मार्सी बियरको स्वाद बजारमा उपलब्ध अन्य बियरभन्दा निकै स्वादिलो र लामो समयसम्म मुखमा स्वाद रहिरहने प्रमाणित भएको कम्पनीले जनाएको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…