एक महिने गुँलापर्व सुरु

काठमाडौँ । एक महिनासम्म नुन र तामसी भोजन परित्याग गरेर बौद्ध स्तुप र चैत्य परिक्रमा गरी मनाइने गुँलापर्व सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमानसिंह डङ्गोलका अनुसार सो पर्व सुरु भए पनि स्वयम्भूमा बाजागाजासहित संस्थागत रूपमा आउन प्रतिबन्ध गरिएको छ ।

कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले तोेकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र स्वयम्भू परिक्रमा गर्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य मापदण्ड पालना गर्ने अनुशासित भक्तजनलाई स्वयम्भू महाचैत्य परिक्रमाका लागि प्रवेश अनुमति दिइएको बताइएको छ ।

काठमाडौँ उपत्यकामा रहेका चैत्य बहाः बहीमा पनि स्थानीयले भीडभाड हुन नदिन आवश्यक व्यवस्थापन गरिरहेको ओमबहालस्थित धर्मचक्र महाविहारका गुठियार भुवन शाक्य बताउनुहुन्छ ।

नेपाल संवत् सुरु भएको नौ महिनामा यो पर्व मनाउने प्रचलन छ । असारमा रोपाइँ सकेर साउनमा रोपो वरिपरिको झारपात उखेल्दै गोडमेल सकेपछि एक महिनासम्म कृषकले यो पर्व मनाउने गर्छन् ।

यो पर्व नेपाल संवत्को गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महीना मनाइने गर्दछन् । यो पर्वको अवसरमा यस वर्ष मध्यपुरथिमिमा दुर्लभ मानिने न्याकुबाजा प्रयोगमा ल्याइएको छ ।

विशेषगरी जङ्गली अर्ना भैँसीको सिङबाट तयार गरिने यो बाजा थिमिमा करीब दुई दशकपछि प्रयोगमा ल्याएको हो । यसका साथै यस वर्ष चतीबाजा (भेँडाको सिङबाट बनेको बाजा) समेत प्रयोगमा ल्याइने सञ्चारकर्मीसमेत रहनुभएका मध्यपुरथिमिका स्थानीयवासी केके मानन्धरले बताउनुभयो ।

“यस वर्षको गुँलापर्वमा चती, न्याकुलगायतका मौलिक बाजासहित धाःबाजा, भुस्याः, धिमेलगायतका बाजागाजाका साथ गुँलापर्व मनाउने तयारी छ”, उहाँले भन्नुभयो ।

मध्यपुरथिमिमा गुँलापर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।
साथै काभ्रेको नमोबुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँलापर्व मनाउने प्रचलनमा वृद्धि भएको छ । धाःबाजा, बाँसुरी, धिमेबाजा, भुस्याबाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरवलगायतका देवी–देवताको समेत परिक्रमा गर्ने प्रचलन बढेको पाइन्छ ।

साथै बौद्ध धर्मावलम्बीबाहेकका समुदायसमेत गुँलापर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् । यस वर्ष गुँलापर्वको अवसरमा मध्यपुरथिमिमा वाचुनानीबाट गुँलाबाजा निकालिने भएको छ ।

मध्यपुरथिमि-५ स्थित वाचुनानीका स्थानीयवासीले मध्यपुर गुँलाबाजा व्यवस्थापन समिति गठन गरी गुँलाबाजा निकालेको हो । समितिका अनुसार यस वर्ष साउन २० गते नागपञ्चमीको दिन चाँगुनारायण, साउन ३० गते जनै पूर्णिमाको दिन ललितपुर कुम्भेश्वर, कृष्ण मन्दिर र बालकुमारी मन्दिर, साउन ३१ गते शुक्रबार गाईजात्राको दिन मध्यपुरथिमि नगरपरिक्रमा, भदौ ६ गते कृष्णाष्टमीको दिन काठमाडौँको स्वयम्भू, विजेश्वरी, शोभा भगवती, इन्द्रायणी, महाँकाल, भदौ ११ गते जुह्रेचह्रेको दिन सूर्यविनायक गणेश मन्दिर र भक्तपुर नगरपरिक्रमा, भदौ १४ गते बुङ्गमती, कार्यविनायक, खोकना, चोभार परिक्रमा गरिनेछ ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…