अनुमति बिना अमेरिकी सेना सीधै जिल्लामा : न मिडियालाई थाहा छ, न सम्बन्धित निकायलाई

राजनीतिक दलका नेताले परराष्ट्र मन्त्रालयको प्रतिनिधिबिना विदेशी कूटनीतिक नियोगका अधिकारीसँग भेटे भने मर्यादा मिचियो भनेर कराउने मिडियाहरुलाई पनि थाहा छैन, हाम्रो देशमा स्वास्थ्य, परराष्ट्र र रक्षाको सूचनाबिनै विदेशी सेनाले काम गरिरहेको छ ।

विषय नराम्रो हैन, कोभिड संक्रमण व्यवस्थापनका लागि अमेरिकी सेनाको टोली ४७ लिटर क्षमताका ४४ सय सिलिण्डरसहित जिल्ला जाँदैछ । मानवीयता, स्वास्थ्य संवेदनशीलताका दृष्टिले यो प्रशंसायोग्य कार्य नै हो । तर, विधि, पद्धति भएको देशमा विदेशी सेना यसरी तलसम्म जान लाग्दा नेपाली सेना भने प्रतिक्रियाविहीन अवस्थामा देखिन्छ ।

स्वास्थ्य मन्त्रालयसँग समेत सीधै समन्वय नगरेर यस्तो काम हुन लागेको हो । त्यसका लागि अमेरिकी सरकारले आफ्नो देशबाट सैनिकहरु उतारेको छैन । यहीँ तैनाथ विभिन्न मिसनमा सैनिकबाटै काम गराउने तयारी छ । तर, यो मामिलामा जंगी अड्डा र रक्षा मन्त्रालय संलग्न छैनन् । अमेरिकाको विभिन्न सैन्य युनिटका मान्छेहरु नेपालमा कार्यरत छन् ।

रक्षा मन्त्रालय पेन्टागनदेखि इन्डो प्यासिफिक कमाण्ड र प्रशान्त क्षेत्र हेर्ने स्पेशल अपरेशन्स कमाण्डसम्मबाट मरिनहरु गार्ड र अन्य रुपमा खटिएर नेपाल आउँछन् । अक्सिजन वितरणको काममा पनि तीनवटा कमाण्डका मान्छेहरु संलग्न हुनेछन् । उनीहरुले सीधै नेपालको स्वास्थ्य मन्त्रालयसँग समन्वय गर्ने भनेका छन् तर स्वास्थ्य प्रवक्तालाई यसबारे जानकारी छैन ।

प्रवक्ता कृष्ण पौडेल भन्छन्, ‘हामीलाई कसले सोध्छ र !’ जनआस्थाले रक्षा मन्त्रालयका प्रवक्ता कृष्ण ज्ञवालीलाई सोध्दा मन्त्रालयलाई यस विषयमा कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । ‘हामीलाई यसबारे केही जानकारी छैन, परराष्ट्रसँगको समन्वयमा भएको होला कि ?’

त्यसो त यसअघि सीधै भारतीय परियोजना भित्रिएको इतिहास छ । विभिन्न शीर्षकमा भारतीय राजदूतावासले सीधै पाँच करोडसम्म चाहेका प्रत्येक ठाउँमा वितरण गर्नसक्छ । यो समाचार जनआस्थाडटले प्रकाशित गरेको छ। तस्विर : प्रतिनिधात्मक/गुगल

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…