कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीको तलब साउन १ गतेदेखि नै लागू हुने गरी बढ्यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान साउन १ गतेदेखि नै लागू हुने गरी स्वीकृत गर्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन् ।

प्रवक्ता कार्कीले भने, ‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ ।’

सरकारले कति तलब बढायो भनेर जानकारी दिएको छ । सरकारले यसबारे औपचारिक रूपमै जानकारी दिने स्रोतले जनाएको छ ।

यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलब बढाएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठक आजका ७ निर्णयहरू

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवमा गोविन्दप्रसाद शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई नियुक्त गरेको छ । बैठकले सरकारी कर्मचारीको नयाँ तलबमान समेत स्वीकृत गरेको छ ।

बैठकले गरेका यी हुन् ७ निर्णय –

१. हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८ छलफलका लागि मन्त्रिपरिषद् प्रशासनमा पठाउने ।

२. सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने ।

३. विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली २०७८ को छलफलका लागि मन्त्रिपरिषद् आर्थिक तथा पूर्वाधार समितिमा पठाउने ।

४. माथिल्लो त्रिशुली ए जलविद्युत् आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन ।

५. नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वितीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरी परराष्ट्रमा पदस्थापना गर्ने ।

. सैनिक सेवा चौथो संशोधन नियमावली २०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने ।

७. कृषि तथा वन सेवातर्फको राजपत्रांकित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…