६ हजार रुपैयाँ लिएर ग्रेड नबढाएको भन्दै एसइइ दिएका वियार्थिले गरे हेडमास्टरको घर घेराउ

जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक समुदायिक विद्यालयका विद्यार्थीहरुले हेडमास्टरको घर घेराउ गरेका छन् ।

धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित रहेको मावि ठाढीका हेडमास्टर र शिक्षकको टीमले एसईई दिने विद्यार्थीहरुसँग आन्तरिक मूल्याँकनमा अधिक नम्बर दिने भनेर प्रति विद्यार्थी रकम उठाएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको घर घेराउ गरेका छन् ।

शनिबार दिउँसो एसईईको रिजल्ट प्रकाशित भएपछि कम ग्रेड आएको भन्दै आ’क्रोसित विद्यार्थीहरुले आईतबार साँझ विद्यालयका हेडमास्टर उमेश पाण्डेको घर घेराउ गरेका छन् ।

रकम दिएको भन्दै विद्यार्थीहरुले सुरुमा विद्यालयको कार्यालयमा तालाबन्दी गर्दै साँझ हेडमास्टरको घर घेराउ गर्न पुगेको नाम नखोल्ने शर्तमा एक जनाले जानकारी दिए । विद्यार्थीहरुले आफूहरुबाट प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।

विद्यालयका हेडमास्टर पाण्डे सहित उनका मातहतका पनि केही शिक्षकहरुले विद्यार्थीहरुबाट रकम उठाएको बताइएको छ । वि।सं। २०७७ सालको एसइई परीक्षाको लागि कोरोना भन्दै सरकारले आन्तरिक मूल्याँकन गरी नम्बर पठाउन निर्देशन दिएपछि आर्थिक चलखेल गरी नम्बर दिएको आरोप छ ।

कोरोनाको महामारी भन्दै सरकारले भौतिक रुपमा परीक्षार्थीहरुलाई उपस्थिति गराउनुपर्ने अवस्था नरहेको अवस्थामा विद्यालयहरुलाई आन्तरिक मूल्याँकन गरी अँक पठाउन पत्राचार गरिएको थियो ।

सोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आरोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ । यस बारे विद्यालयका हेडमास्टर उमेश पाण्डेसँग सम्पर्क गर्दा उनले फोन भने उठाएनन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…