माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार, नेपाल समूहबाट खनाल पक्ष अलग भए

एमाले नेता माधव नेपाल र झलनाथ खनाल समूहभित्र दुई धार प्रष्ट देखिएको छ । एउटा धार पार्टी एकताको पक्षमा खुलेको छ । अर्को धार नयाँ पार्टी निर्माण गर्नुपर्ने पक्षमा देखिएको छ ।

त्यो दुई धार त्यतिबेला बलियो बन्यो जतिबेला नेता झलनाथ खनाल मृगौलाको समस्याका कारण नर्भिक अस्पतालमा भर्ना भए । नर्भिक अस्पतालबाट भारत जाने दिन खनालको नाममा एउटा विज्ञप्ति जारी भयो, जुन नेता भीम आचार्यले मस्यौदा गरेका थिए । उक्त विज्ञप्तिमा एकताको विकल्प नभएको सन्देश थियो, त्यही सन्देशपछि नेपाल–खनाल समूहभित्र दुई धार प्रष्फुटन भयो ।

र, आचार्य विवादमा तानिए । त्यसैकारण २९ असारमा नेता खनालले भारतबाट शेरबहादुर देउवाको पक्षमा विज्ञप्ति निकाले । उक्त विज्ञप्ति भीम आचार्य स्वयंले पत्तो पाएनन् । कसले मस्यौदा गर्यो भन्ने आचार्यले पत्तो नपाउँदै माधव नेपालले स्थायी समितिको गु्रपमा सेयर गरे । नेपालले ग्रुपमा सेयर गर्दा आचार्यसहितको टोली नेपालकै निवासमा थिए ।

आफूलाई थाहा नै नदिई खनालको विज्ञप्ति आएपछि रिसाएका आचार्यले फन्केर हिँडेका थिए । यो समस्या त्यतिमात्र टुंगिएन । २२ साउनमा नेपाल–खनाल समूहको केन्द्रीय कमिटीको बीचमा स्थायी समिति बैठकमा पनि आचार्यले नेता नेपालको गाली खानुपर्यो ।

आश्चार्य चाहिँ केही महिना यता नेपाल–खनाल समूहका खनालनिकट केही नेताहरु अस्वभाविक रुपमा एकताको पक्षमा उभिएका छन् । ओलीनिकट नेताहरुसँग उनीहरुले अन्तिममा नेपाललाई छोडेर एमालेमा रहनसक्ने बताइरहेका छन् ।  यो समाचार आजको साँघु साप्ताहिक दैनिकमा छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…