टाइटल जित्दा ‘नेपालको नागरिकता’ पाएको महशुश भएको छः किरण गजमेर

नेपालको नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजन शनिबार सम्पन्न भएको छ । किरण गजमेरलाई देशको नयाँ भ्वाइसको रुपमा चयन गर्दै रियालिटी शोको तेश्रो श्रृङ्खला सफलतापूर्वक सम्पन्न भएको हो ।
कोच प्रमोद खरेलको टिमबाट किरणले यो टाइटल जिते । साथमा उनले २५ लाख र ट्रफी समेत पाएका छन् ।

ट्रफी जितेपछि भावूक बनेका किरणले आफ्नो सपना पुरा भएको प्रतिक्रिया दिए । मिडिया कुराकानीमा उनले भने–‘हामी देश खोज्दै हिडिरहेका नागरिक हौं । हामी हाम्रो रोजाइले भन्दा पनि वाध्यताले विकसित राष्ट्रमा पुगेका हौं । तर, मेरो पनि खुशी थिएनँ । आफ्नो देश, भाषा, पोशाक विर्सन सकिदैन । मेरा गुमेका आफन्तहरुसँग नजिक हुने चाहना थियो । आज मैले मेरो गुमेको परिवार पाएको छु ।’

किरण भुटानी शरणार्थीको रुपमा करिब १४ बर्ष ‘भुटानी शरणार्थी शिविर’मा बसे । नेपालको नागरिकता लिने उनको सपना पुरा हुन सकेन । भलै, उनीसँग आज अमेरिकाको नागरिकता छ । किरणले भावूक हुँदै भने–‘भ्वाइस अफ नेपालको ट्रफी मेरो लागि नागरिकता पाए जस्तै नै हो ।’

उनले आफूले अब आउने पुस्तालाई प्रभावित पार्न चाहेको पनि बताए । किरणले यो शो जितेसँगै २५ लाख पुरस्कार पनि पाएका छन् । उनले, यो रकम नेपालमै सामाजिक कामका लागि खर्च गर्ने बताए । भने–‘म पनि हिजो खुट्टामा चप्पल नलगाई कैयौं संघर्षका पाइलाहरु हिडेको छु । आज मेरो जीवन शरणार्थी जीवन भन्दा केही माथि उठेको होला । तर, अमेरिकामा धनाढ्य जीवन बाँचेको छैन । मेरो बाबु–आमाले आज पनि सामान्य जागिर खाएर हामीलाई पालिरहनुभएको छ ।

आज पनि भुटानी शरणार्थी शिविरमा एम्बुलेन्स नपाएर कैयौं मानिसहरुले अकालमै ज्यान गुमाउनुभएको छ । मेरो हजुरआमाको पनि एम्बुलेन्स समयमा नआएर शिविरमै निधन भएको हो । यसैले, शरणार्थी शिविरमा एउटा एम्बुलेन्स खरिद गर्नेछु । साथै, नेपालको पश्चिममा आवश्यक पर्ने कुनै एक स्थानका लागि पनि एम्बुलेन्स खरिद गर्नेछु ।’

किरणले २५ लाखबाट आफ्नी आमाका लागि १ हजार रुपैयाँ दिने पनि बताए । यस्तै उनले, कोभिड भ्याक्सिन लगाउन नपाएका वृद्धाहरुका लागि भ्याक्सिन उपलब्ध गराउन केही रकम सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

लाइभ राउन्डमा किरण गजमेरसँगै कोच प्रमोदबाट रवि गहतराज पुगेका थिए । रविलाई पछि पार्दै किरण अन्तिम चारमा उक्लिएका हुन् । तर, किरणले भने यो जितको हकदार रवि पनि भएको बताएका छन् । मिडियासँग उनले भने–‘लाइभ राउन्डमा रवि र म ५०–५० थियौं । आज हामी दुइले नै जितेका हौं । आमालाई ‘द भ्वाइस अफ नेपाल’को ट्रफी दिने रविको सपना थियो । आज म रविको आमाले कान्छा छोराको रुपमा किरण पाउनुभएको छ । मेरो जित नै रविको हो र रविको जित नै मेरो हो । म सिक्किम पुगेर आमालाई भेट्छु । आशा छ, उहाँले मलाई कान्छा छोराको रुपमा स्विकार गरिदिनुहुन्छ ।’

किरणले आफूलाई देश तथा विदेशमा रहेका नेपालीहरुले माया गरेर भोट दिएको र ठूलो जिम्मेवारी थपिएको बताए । उनले भने–‘अब म नेपाली संगीतको लागि के दिन सक्छु भनेर लाग्नेछु । नेपाली संगीतलाई धनी बनाउने मेरो सपना छ ।’

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…