लालपुर्जा पाउने सुकुम्बासीहरुको सपना तुहियो

दाङ । भुमिहिन सुकुम्बासीहरुको लालपुर्जा पाउने सपना – सपना मात्रै भएको छ । केपी वली नेतृत्वको सरकारले भुमिहिन सुकुम्बासीहरुलाई लालपुर्जा वितरणका लागी भुमि सम्बन्धि समस्या समाधान आयोग नै गठन गरेर काम गर्न थालेपछि खुशी भएका भुमिहिन दलित तथा भुमिहिन सुकुम्बासी फेरी पिडामा परेका छन् ।

घोराही १४ को ट्राफिक पुलचोक टोलमा बस्दै आउनु भएका सुजन नेपालीले भन्नुभयो,–‘हामीलाई पटक पटक यसैगरी झुक्काउने काम मात्रै हुन्छ । लालपुर्जा दिन्छौ, दिन्छौ भन्छन् । आउछन्, लगत लिने भन्छन् । नेताहरुले पनि अव तपाईहरुलाई नै जग्गाको स्वामित्व प्रदान गर्छौ भन्छन्, तर हामीलाई सधै आशा मात्रै दिलाएर पिडित बनाउछन्, उहाँले भन्नुभयो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार सत्तामा पुगेसँगै भुमिसम्बन्धि समस्या समाधान आयोग नै खारेज गरिएको छ । अहिले अधिकांश क्षेत्रबाट सरकारलाई आयोगका कर्मचारी परिवर्तन गरेपनि आयोग नै खारेज गर्नु गलत भएको भन्दै सरकारलाई चौतर्फी दवाव सृजना हुन थालेको छ ।

यता दाङ स्थानियतहरुले भुमिहिन सुकुम्बासीहरुलाई जसरी पनि जग्गाको स्वामित्व प्रदान गर्ने बताउछन् । सरकारले भुमि सम्बन्धि समस्या समाधान आयोग नै खारेज गरेपनि आफू्हरुले भुमिहिनलाई जग्गाको स्वामित्व प्रदान गर्ने कामलाई नरोख्ने बताएका छन् ।

यसैविच तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले बर्तमान सरकारले भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज गरेपनि स्थानिय सरकारको अधिकार भित्र पर्ने कामहरु नरोकिने बताउनुभयो । आयोग खारेज भएसंगै कानुनी समस्या भएता पनि लगत संकलनको दर्ता अद्यावधिकको काम भईरहने नगर प्रमुख पाण्डेले बताउनु भयो ।

सविधानले स्थानिय सरकारलाई दिएको अधिकार भित्र पर्ने जग्गाको स्वामित्व गर्ने निर्णयको अधिकार अहिले संघिय सरकारमा रहेको तर संघिय सरकारले स्थानिय सरकारलाई स्वामित्व हस्तान्तरण गरेको अवस्थामा स्थानिय सरकारले नै लालपुर्जा दिन सकिने प्रावधान भएको बताउनुभयो ।

त्यसकारण अहिले काम गदै राख्ने र भोलिको दिनमा अनुकुल बातावरण भएको अवस्थामा पुर्जा सहजै दिन सकिने उहाले बताउनुभयो । अहिलेको सरकारले आयोग खारेज गरेर पुर्जा दिने कामलाई असफल गराउन खोजेको बताउदै उहाले पुर्जा दिने कामलाई रोक्न नहुने र यसका लागी सवैले दवाव सिर्जना गर्नुपर्ने बताउनुभयो ।

यता लमही नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले पुर्जा वितरणको काम कुनै हालतमा रोक्न नहुनेमा जोड दिनुभएको छ । पुर्जा दिने प्रक्रियामा अन्य पालिका जस्तै गरी लमही नगरपालिकाले पनि तिव्र गतिमा काम गरीरहेको अवस्थामा भुमि सम्बन्धी समस्या समाधान आयोग खारेज हुदा अन्यौलता भएको बताउदै उहाले कुनै हालतमा काम रोक्न नहुने बताउनु भयो ।

आफुहरुले दोस्रो चरणमा भुमि आयोग संग सम्झोता गरे पनि थुप्रै कामहरु सम्पन्न भएकाले जनतालाई पुर्जा दिने प्रक्रिया नरोकिने बताउनुभयो । देउवा सरकारले आयोग खारेज गरेर जनताको मौलिक हक हनन गरेको बताउदै उहाले यसको विरुद्ध नेकपा एमाले शसक्त रुपमा अघि बढ्नुपर्ने बताउनुभयो । यसका लागी आफुले जतिबेला पनि पाटीलाई साथ दिन तयार भएको भन्दै पाटीले अब सडक आन्दोलनको घोषणा गर्नुपर्ने नगरप्रमुख केसीले बताउनुभयो ।

उता पश्चिम दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले जसरी भएपनि पुर्जा वितरण गरेरै छाड्ने बताउनु भएको छ । देउवा सरकारले भुमि सम्बन्धी समस्या सामाधान आयोग खारेज गरे पनि स्थानिय तहले कानुनी प्रक्रिया भित्र रहेर काम अगाडी बढाउने अध्यक्ष पौडेलले दावी गर्नु भएको छ ।

भुमिहिन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित जनताको लगत संकलन गरी पुर्जा वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको थाहा पाएर अहिलेको देउवा सरकारले आयोग खारेज गरेको उहाको भनाई छ ।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गठन गरेको आयोगले पुर्जा वितरण ग¥यो भने आफुहरु पछि पर्ने डर,त्रासले ओली सरकारले गरेको कामलाई देउवा सरकारले असफल गराउन खोजेको उहाले आरोप लगाउनुभयो ।

पुर्जा दिने काम धेरै अगाडी बढेको अवस्थामा देउवा सरकारले आयोग खारेज गरेर जनता माथी ठुलो कठाराघात गरेको हुदा कुनै पनि हालतमा थोरै÷धेरै जति सकिन्छ त्यति जनतालाई पुर्जा वितरण गर्ने उहाले बताउनुभयो । यसका लागी जस्तो सुकै आन्दोलन गर्न तयार रहेको उहाको भनाई छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…