मेयरले भित्रबाट चुकुल लगाएर कार्यकक्षमै पियनसँग मा’लिस गराएपछि

जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थित एक स्थानीय तहका नगर प्रमुख (मेयर) आफ्नो कार्यकक्षभित्रै पियन (कार्यालय सहयोगी) सँग मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको छ ।

धनुषा जिल्लाको विदेह नगरपालिकाका मेयर बेचन दासले नगरपालिकाको कार्यालयमा काम गर्ने कार्यालय सहयोगी (पियन) सँग आफ्नो कार्यकक्षमै मा’लिस गराइरहेको तस्विर यतिबेला समाजिक सँजालमा हालिएपछि चौतर्फी आ’लोचना भएको छ ।

आफूलाई दलितको अगुवा समेत भनाउँदै मेयर बेचन दासले कार्यालय सहयोगीसँगको यो तस्विर समाजिक सँजालमा आएपछि चौतर्फी आ’लोचना भएको हो । उनलाई छोटे राजा भन्दै मेयरको क’र्तुत समेत भनेर टिप्पणी गरिएको हो ।

मेयर दासलाई कार्यकक्षमै सोफामा बसेर मालिस गरिरहेको व्यक्ति सोही कार्यालयका पियन करन दास हुन् । भित्रबाट चुकुल लगाएर दाससँग दासले मालिस गराइरहेको अवस्थामा उनकै आसपासका एक जनाले सो तस्विर झ्यालबाट खिचेको बताइएको छ ।

मेयर दास मेयरमा जितेपछि नै यस्तौ शैली प्रदर्शनमा लागेको आरोप छ । गाउँघरको झ’ग’डा’देखि अन्य कुनै मु’द्दा’मा समेत आफू अनुकुल नभए कु’टन लगाउने, आफ्नै नागरिकलाई दुःख समेत दिने गरेको आरोप छ ।

ज्ञातव्य छ, विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव साह र मेयर बेचन दास दुई जनाले मात्र मिलेर बिना योजनाकै करोडौँ कामहरु कागजमै गरेर रकम बाँडफाँड गरेको आरोप छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…