प्रहरीलाई पनि निजामतीजस्तै सुविधाको प्रस्ताव : तीन दर्जा थप्न माग

काठमाडौं । नेपाल प्रहरीलाई पनि निजामती क्षेत्रजस्तै सुविधाको प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको छ । यसका लागि विभिन्न तीन तहमा बढुवा र अन्य सेवा सुविधा बढाउन माग गरिएको हो । नेपाल प्रहरीले माग गरेको सुविधा नेपाली सेना र सशस्त्र प्रहरीले पाइरहेका छन् ।

प्रहरी प्रधान कार्यालयले नियमावली संशोधन र संरचना पुनरवलोकनसहित तह, दर्जा थप गर्न गृह मन्त्रालयमा प्रस्ताव पठाएको छ । एक महिनाअघि गृहमा पठाएको प्रस्ताव लागु भएमा तल्लो दर्जाका प्रहरीको सेवा सुविधामा समेत वृद्धि हुनेछ ।

प्रहरी प्रधान कार्यालयले गृहमा गरेको प्रस्तावमा कार्यालय सहयोगीका चार तह र सहायक हबल्दार, वरिष्ठ हबल्दार र वरिष्ठ सई गरेर तीन दर्जा थपको प्रस्तावसमेत गरिएको छ । यस्तै, बढुवाको अवधि पुगेका तर अवकाशमा जान लागेका डीएसपीलाई समेत एक तह थप गरेर एसपीसम्मको सेवा सुविधा दिन प्रस्ताव गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले तयार पारेको प्रस्ताव पारित भएमा कार्यालय सहयोगीले पाँचौँ तहसम्मको सुविधा पाउनेछन । दर्जा कार्यालय सहयोगीकै भए पनि सेवा सुविधा निजामती कर्मचारी सुब्बासरहको प्रस्ताव गरिएको छ । यो प्रावधानानुसार ग्रेड, तलबलगायत माग पनि प्रस्तावमा गरिएको छ ।

नयाँ प्रस्तावमा जवानबाट हबल्दार हुनुअघि सहायक हबल्दार, हबल्दारपछि वरिष्ठ हबल्दार र सईपछि वरिष्ठ सईको दर्जा थपको माग गरिएको छ । तल्लो तहमा १२ वर्षसम्म पनि नियमित बढुवा हुन नसक्दा संगठन छाड्ने, निराशा बढ्ने निष्कर्ष पनि प्रहरी प्रधान कार्यालयको छ । नेपालमा दैनिक औसतमा ६ जना प्रहरीले जागिर छाड्ने गरेका छन् ।

प्रहरी उच्च अधिकारीहरु भन्छन्, “हामीले गरेको प्रस्ताव पास भए संगठनमा त्यसले ठूलो ऊर्जा ल्याउनेछ । खासमा तल्लो तहमा यसले निकै सकारात्मक सन्देश जानेछ । बीचैमा जागिर छाड्नेलगायत कुराहरुमा पनि कमी आउने हाम्रो विश्वास छ । १०/१२ वर्षसम्म एकै तहमा बस्दा त्यसले तल्लो दर्जामा निराशा, तनाव बढ्दै गएको छ ।”

गृहले यो प्रस्ताव अर्थ मन्त्रालयमा पठाउनेछ । अर्थले स्वीकृति दिएमा मन्त्रिपरिषद्ले निर्णय गरेमा नयाँ व्यवस्था लागु हुनेछ । प्रहरीमा हाल ७९ हजारको दरबन्दी रहे पनि ६९ हजार मात्रै कार्यरत छन् । १० हजार जनशक्ति रिक्त छ ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…